Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

देवघाटमा डुबेर भारतीय तीर्थयात्रीको मृत्यु


१ असार, चितवन । भारतको अयोध्यादेखि देवघाट तीर्थयात्रामा आएका एक यात्रीको नदीमा स्नान गर्ने क्रममा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले दिएको जानकारी अनुसार देवघाटस्थित नारायणी नदीमा स्नान गर्ने क्रममा शुक्रबार मध्यान्ह एक जनाको डुबेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार भारतबाट देवघाट तीर्थयात्रामा आएका ५० जना तीर्थयात्रीमध्ये मृत्यु हुनेमा अयोध्या बस्ने २२ वर्षीय प्रदिप शर्मा हुनुहुन्छ । शुक्रबार मध्यान्ह यूपी ६२ एपी ९६९६ नम्बरको गाडिमा ५० जना आएकोमा निजहरु सबैजना स्नान गर्न गएको र एक जना नदीमा डुबेको सुचना पाएपछि अस्थायी प्रहरी चौकी देवघाटबाट प्रहरी सहायक निरीक्षक जितेन्द्र मिश्रसहितको टोली र वडा प्रहरी कार्यालय नारायणगढको विपद व्यवस्थापन टोलीसहित उद्धार कार्यमा जुटेको थियो ।

मध्यान्ह १२ः४५ बजे भएको उक्त घटनामा १ः२५ बजे नदीमा डुबेका व्यक्तिको मृत्यु भइसकेको अवस्थामा उद्धार भएको थियो । मृतकको मुचुल्का गरी भरतपुर अस्पतालमा शव पोष्ट मार्टमको लागि लगिएको प्रहरीले जानकारी दिएको छ ।


प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?