Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

देवघाटमा डुबेर भारतीय तीर्थयात्रीको मृत्यु


१ असार, चितवन । भारतको अयोध्यादेखि देवघाट तीर्थयात्रामा आएका एक यात्रीको नदीमा स्नान गर्ने क्रममा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले दिएको जानकारी अनुसार देवघाटस्थित नारायणी नदीमा स्नान गर्ने क्रममा शुक्रबार मध्यान्ह एक जनाको डुबेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार भारतबाट देवघाट तीर्थयात्रामा आएका ५० जना तीर्थयात्रीमध्ये मृत्यु हुनेमा अयोध्या बस्ने २२ वर्षीय प्रदिप शर्मा हुनुहुन्छ । शुक्रबार मध्यान्ह यूपी ६२ एपी ९६९६ नम्बरको गाडिमा ५० जना आएकोमा निजहरु सबैजना स्नान गर्न गएको र एक जना नदीमा डुबेको सुचना पाएपछि अस्थायी प्रहरी चौकी देवघाटबाट प्रहरी सहायक निरीक्षक जितेन्द्र मिश्रसहितको टोली र वडा प्रहरी कार्यालय नारायणगढको विपद व्यवस्थापन टोलीसहित उद्धार कार्यमा जुटेको थियो ।

मध्यान्ह १२ः४५ बजे भएको उक्त घटनामा १ः२५ बजे नदीमा डुबेका व्यक्तिको मृत्यु भइसकेको अवस्थामा उद्धार भएको थियो । मृतकको मुचुल्का गरी भरतपुर अस्पतालमा शव पोष्ट मार्टमको लागि लगिएको प्रहरीले जानकारी दिएको छ ।


प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?