Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

साथीको हत्या गरी फरार अभियुक्त पक्राउ


१ असार ,लुम्बिनी । रुपन्देही प्रहरीले साथीको हत्या गरेको आरोपमा ज्ञानबहादुर कुँवरलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार तिलोत्तमा नगरपालिका-१६ पूर्वबहियामा बस्ने साथी सुमन कुँवरको गत मङ्गलबार हत्या गरी नवलपरासी बर्दघाट (सुस्ता–पश्चिम) सुनवल नगरपालिका–७ का ज्ञानबहादुर फरार भएका थिए ।

अभियुक्त ज्ञानबहादुर मृतक सुमनको घरमा बस्दै आएका थिए । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाका अनुसार मङ्गलबार साँझ करिब ७ बजेको समयमा उनीहरुबीच आपसी विवाद भएपछि अभियुक्त कँवरले चापाकलको ह्याण्डलले टाउकोमा प्रहार गरी हत्या गरेको र त्यसपछि उनी फरार भएका थिए ।

तिलोत्तमा नगरपालिका वडा नं.१६ पुर्व बहियामा मङ्गलबार साँझ देवनाथ कँवरको जस्ताले छाएको पक्की खाली घरमा एक जना पुरुष व्यक्ति मृत अवस्थामा रहेको भन्ने सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको थियो ।

प्रहरीले ज्ञानबहादुरलाई रुपन्देही तिलोत्तमा नगरपालिका–११ रामनगरमा लुकीछिपी बसेको अवस्थामा बिहीबार प्रक्राउ गरेको हो ।

प्रहरीले अभियुक्तका विरुद्ध कर्तव्य ज्यान कसुर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको छ । प्रहरीले मृतक र अभियुक्त दुवै जना सँगै बस्ने र लागुऔषध सेवन गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको जानकारी दिएको छ ।


प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?