Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

साथीको हत्या गरी फरार अभियुक्त पक्राउ


१ असार ,लुम्बिनी । रुपन्देही प्रहरीले साथीको हत्या गरेको आरोपमा ज्ञानबहादुर कुँवरलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार तिलोत्तमा नगरपालिका-१६ पूर्वबहियामा बस्ने साथी सुमन कुँवरको गत मङ्गलबार हत्या गरी नवलपरासी बर्दघाट (सुस्ता–पश्चिम) सुनवल नगरपालिका–७ का ज्ञानबहादुर फरार भएका थिए ।

अभियुक्त ज्ञानबहादुर मृतक सुमनको घरमा बस्दै आएका थिए । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाका अनुसार मङ्गलबार साँझ करिब ७ बजेको समयमा उनीहरुबीच आपसी विवाद भएपछि अभियुक्त कँवरले चापाकलको ह्याण्डलले टाउकोमा प्रहार गरी हत्या गरेको र त्यसपछि उनी फरार भएका थिए ।

तिलोत्तमा नगरपालिका वडा नं.१६ पुर्व बहियामा मङ्गलबार साँझ देवनाथ कँवरको जस्ताले छाएको पक्की खाली घरमा एक जना पुरुष व्यक्ति मृत अवस्थामा रहेको भन्ने सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको थियो ।

प्रहरीले ज्ञानबहादुरलाई रुपन्देही तिलोत्तमा नगरपालिका–११ रामनगरमा लुकीछिपी बसेको अवस्थामा बिहीबार प्रक्राउ गरेको हो ।

प्रहरीले अभियुक्तका विरुद्ध कर्तव्य ज्यान कसुर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको छ । प्रहरीले मृतक र अभियुक्त दुवै जना सँगै बस्ने र लागुऔषध सेवन गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको जानकारी दिएको छ ।


प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?