Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

गर्मीका कारण आँखाको रोग बढ्यो


१ असार, महोत्तरी । तराई मधेसमा तीन सातादेखि बढेको गर्मीका कारण महोत्तरी जिल्लामा आँखा रोगीको सङ्ख्यामा वृद्धि भएको छ । जलेश्वरस्थित आँखा तथा कान उपचार केन्द्रका अनुसार अत्यधिक गर्मीका कारण आँखाका बिरामीको सङ्ख्यामा तीन सातादेखि प्रत्याशित रुपमा वृद्धि भएको छ ।

केन्द्रका प्रमुख दृष्टि विशेषज्ञ डा वीरेन्द्रकुमार यादवले अहिले गर्मीका कारण आँखामा एलर्जी, आँखा पाक्ने, आँखा सुक्खा हुने, आँखा पाक्ने, आँखा चिलाउने, आँखा पोल्नेलगायत समस्या लिएर बिरामी आउन थालेका जानकारी दिए । उनका अनुसार केन्द्रमा अहिले औसतमा ७० जनासम्म आँखाका बिरामी उपचारका लागि आउने गरेका छन् ।

डा यादवले आँखामा हुने विभिन्न समस्याको प्रमुख कारणका रुपमा अत्यधिक गर्मी, गर्मीसँगै चल्ने तातो हावा, धुलो र धुवाँ रहेको बताए । उनले यसबाट बच्न तराई मधेसलगायत गर्मी बढी हुने ठाउँमा बस्ने सम्पूर्ण व्यक्तिलाई पूरै आँखा ढाक्ने चस्माको प्रयोग गर्ने, पटक पटक सफा चिसो पानीले आँखा सफा गर्ने, अनावश्यक घरबाहिर ननिस्कने, निस्कनै परे छाताको प्रयोग गर्ने बताए ।

साथै उनले अहिले आँखाको समस्या हुन नदिन सबैले अनिवार्य रुपमा हरियो सागपात, फलफूल बढी मात्रामा प्रयोग गर्न सल्लाह दिए ।


प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?