१२ वैशाख, जनकपुर । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले उपनिर्वाचनका दिन आफू कुनै उम्मेदवारको पक्ष विपक्षमा नभइ नातेदारको आमन्त्रणमा बारा क्षेत्र नं २ को पचरौता नगरपालिकामा गएको निर्वाचन आयोगलाई स्पष्टीकरण दिएका छन् । आयोगले उनलाई यही वैशाख १० गतेको उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना
१२ वैशाख, एजेन्सी । बेलायतले सुडानबाट आफ्ना नागरिकलाई उद्धार गर्न ‘बृहत् स्तर’ को उद्धार अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । दश दिनसम्म भएको युद्धमा चार सय २७ जना मारिएका तथा तीन हजार सात सयभन्दा बढी घाइते भएका राष्ट्रसङ्घीय निकायहरूले जनाएका छन् । संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा सुडानी सशस्त्र बल
१२ वैशाख, काठमाडाैँ । सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणबारे जिज्ञासा राख्नाका साथै शिक्षक र सुरक्षाकर्मीको रोकिएको पारिश्रमिकका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकको विशेष समयमा सांसद रघुजी पन्तले प्रधानमन्त्री दाहालको भारत भ्रमणको एजेन्डाबारे स्पष्ट जवाफ माग गरे । उनले भने, “संसद्भित्र पटकपटक आग्रह
१२ वैशाख, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको सूचना सदनमा जानकारी गराइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सो पार्टीले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको सङ्घीय संसद् सचिवालयलाई प्राप्त भएको जानकारी गराए । सभामुख घिमिरेले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३४
१२ वैशाख, काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुलुकको समृद्धि र अर्थतन्त्रमा टेवा पुर्याउने राष्ट्रिय गौरव र रुपान्तकारणकारी आयोजना तोकिएको समयसीमाभित्र सक्ने निर्माण व्यवसायीलाई जस्तोसुकै आवश्यक सहयोग पुर्याउन सरकार तयार रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक, विशेष र शून्य समयमा उठेका प्रश्नको जवाफ दिँदै उनले ठेक्का
१२ वैशाख, सर्लाही। सर्लाहीको चन्द्रनगर गाउँपालिकाले जिल्लामै पहिलो पटक जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण सुरु गरेको छ । चन्द्रनगर गाउँपालिका–४ स्थित गढाटोलाबाट जिल्लामै पहिलो पटक जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण सुरु गरिएको पालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिए । वडा नं ४ को दलित बस्तीका ४५ जनालाई जग्गा धनी पुर्जा
१२ वैशाख, काठमाडाैँ । नेपाल उड्डयन प्राधिकरणले भ्रामक सूचना फैलाएको आरोपमा फ्लाईदुबईका नेपाल प्रमुख र स्टेशन म्यानेजरको पास तत्कालका लागि रोक्का गरेको छ । सोमबार राति काठमाडौंबाट दुबईका लागि १६८ यात्रु लिएर उडेको फ्लाईदुबईको विमानको इन्जिनमा भएको आगलागीको घटनामा चरा ठोक्किएको भ्रामक सूचना फैलाएको आरोपमा उनीहरुको पास तत्कालका लागि रोक्का
१२ वैशाख, काठमाडाैँ । नेपाली कांग्रेसका सांसद धनराज गुरूङले बाँदर निर्यात गर्नुपर्ने विचार व्यक्त गरेका छन् । आज प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस उपसभापतिसमेत रहेका गुरूङले श्रीलङ्काको उदाहरण दिँदै उनले बाँदर निर्यात गर्न सकिने बताएका हुन् । उनले भने, 'हाम्रा गाउँ-गाउँमा बाँदर आतंक छ। किसानले लगाएको बाली टिप्ने बेला बाँदरको हुलले
१२ वैशाख, काठमाडाैँ । नेकपा एमालेका सांसद रघुजी पन्तले संसद् भवनमा प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डको दर्शन पाउन मुस्किल भएको बताएका छन् । मङ्गलबार संसद बैठकमा बोल्दै उनले संसद्मा प्रचण्डको संसद्मा अनुहार हेर्न पनि दुर्लभ भएको बताए । उनले भारत भ्रमणबारे संसद्लाई अझै जानकारी नगराएको भन्दै प्रधानमन्त्री प्रचण्डको आलोचना पनि गरेका
१२ वैशाख, एजेन्सी । उत्तरपश्चिम पाकिस्तानको स्वात उपत्यकास्थित प्रतिआङ्कवाद कार्यालयमा विष्फोट हुँदा १२ जनाको मृत्यु भएको छ । विष्फोटमा अधिकांश सुरक्षा अधिकारीले ज्यान गुमाएका छन् । विष्फोटमा परी चालीस जनाभन्दा बढी घाइते भएका छन् भने आसपासका भवनहरू भत्किएका छन् । उक्त विष्फोट बाह्य हमलाका कारण भएको कुनै प्रमाण नभेटिएको र