Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण एजेन्डाबारे स्पष्ट जवाफ माग


१२ वैशाख, काठमाडाैँ । सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणबारे जिज्ञासा राख्नाका साथै शिक्षक र सुरक्षाकर्मीको रोकिएको पारिश्रमिकका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आज बसेको बैठकको विशेष समयमा सांसद रघुजी पन्तले प्रधानमन्त्री दाहालको भारत भ्रमणको एजेन्डाबारे स्पष्ट जवाफ माग गरे । उनले भने, “संसद्भित्र पटकपटक आग्रह गर्दा पनि प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणबारे जानकारी दिनुभएको छैन ।” भारतसँगको सन् १९५० को सन्धि फेर्न र प्रभुत्व व्यक्ति समूहको प्रतिवेदनको सार्वजनिकीकरणबारे भारत भ्रमणका क्रममा नेपालले छलफल गर्नपर्ने उनले बताए ।

“भारतीय सेनामा नेपाली भर्नाका लागि नयाँ सन्धिसम्बन्धी छलफल हुनुपर्छ”, सांसद पन्तले भने– “अध्यक्षका हैसियतले सार्क सम्मेलन रोकिएको विषयदेखि हवाई रुटको विषय एजेन्डा बन्नुपर्छ ।”

सांसद रणेन्द्र बरालीले भूमाफियाका कारण देशभरका किसान भूमिहीन भएको उल्लेख गर्दै उनीहरुलाई कारबाही गर्न माग गरे । भूमिहीनलाई लालपुर्जा बाँड्ने काम तत्काल सुरु गर्न उनले माग गरे ।


प्रकाशित मिति: १२ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?