Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

मधेस प्रदेशका मुख्यमन्त्री यादवले दिए स्पष्टीकरण


१२ वैशाख, जनकपुर । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले उपनिर्वाचनका दिन आफू कुनै उम्मेदवारको पक्ष विपक्षमा नभइ नातेदारको आमन्त्रणमा बारा क्षेत्र नं २ को पचरौता नगरपालिकामा गएको निर्वाचन आयोगलाई स्पष्टीकरण दिएका छन् । आयोगले उनलाई यही वैशाख १० गतेको उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको सम्बन्धमा उक्त दिन स्पष्टीकरण सोधेको थियो ।

मुख्यमन्त्री यादवले आयोगमा पेस गरेको स्पष्टीकरणमा उनले आफूले निर्वाचन प्रयोजनका लागि नभइ त्यहाँ व्यक्तिगत कामले गएकोमा सरकारी गाडी प्रयोग नगरी मुख्य निर्वाचन अधिकृतबाट स्वीकृति लिएको निजी गाडी प्रयोग गरेकाले निर्वाचन आचारसंहिताको उलङ्घन हुने कुनै पनि कार्य नगरेको स्पष्ट पारेका छन् ।


प्रकाशित मिति: १२ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?