Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

सुडानबाट आफ्ना नागरिकलाई उद्धार गर्दै बेलायत


१२ वैशाख, एजेन्सी । बेलायतले सुडानबाट आफ्ना नागरिकलाई उद्धार गर्न ‘बृहत् स्तर’ को उद्धार अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । दश दिनसम्म भएको युद्धमा चार सय २७ जना मारिएका तथा तीन हजार सात सयभन्दा बढी घाइते भएका राष्ट्रसङ्घीय निकायहरूले जनाएका छन् ।

संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा सुडानी सशस्त्र बल (एसएएफ) र र्यापिड सपोर्ट फोर्सेस (आएसएफ) ७२ घण्टा युद्धविराम गर्न सहमत भएको जनाएसँगै बेलायतले आफ्ना नागरिकलाई त्यहाँबाट फिर्ता ल्याउने घोषणा गरेको हो । आफ्ना नागरिकलाई सुडानमा असुरक्षित छाडेकामा व्यापक आलोचना भएपछि सरकारले बेलायती राहदानी वाहकहरूलाई सुडानबाट फिर्ता ल्याउने बताएको हो । सन् २०२१ मा अफगानिस्तानबाट आफ्ना नागरिक उद्दार गर्दा पनि बेलायतको आलोचना भएको थियो । गए रातिदेखि सुडानमा ७२ घण्टे युद्धविराम लागू भएको छ ।

प्रधानमन्त्री ऋषि सुनकले रोयल एयर फोर्सको उडानबाट बेलायती नागरिकलाई स्वदेश ल्याउने प्रक्रिया प्रारम्भ भएको बताएका छन् । बालबालिका, वृद्धवृद्धाका साथै कमजोर अवस्थामा रहेका परिवारलाई उद्धारको प्रथम प्राथमिकतामा राखिएको उनले बताएका छन् । उद्धार अभियानलाई जटिल कार्य भन्दै उहाँले बेलायतको सशस्त्र सेना,कूटनीतिज्ञ र अभियानमा संलग्न अन्य व्यक्तिको सराहना गरेका छन् ।

प्रधानमन्त्री सुनकले सुडानमा रक्तपात अन्त्य गर्न र लोकतान्त्रिक सरकालाई बेलायतबाट निरन्तर सहयोग एवम् समर्थन रहने बताएका छन् ।
बेलायतका विदेशमन्त्री एन्ड्र्यु मिचेलले सुडानमा दोहोरो नागरिकता भएका करिब चार हजार बेलायती र बेलायतको मात्र राहदानी भएका चार सय मानिस रहेका बताएका छन् । करिब दुई हजार बेलायती राहदानी वाहकले उद्धारका निम्ति आवेदन गरेका जानकारी पनि उनले दिएका छन् ।

विदेश मन्त्रालयले जारी गरेको एक विज्ञप्तिअनुसार उद्धार उडान खार्तुम बाहिरको एयरफिल्डबाट हुनेछ । खार्तुममा रहेका बेलायती नागरिकलाई नबोलाएसम्म घरभित्रै बस्न तथा एयरफिल्डमा नजान आग्रह गरिएको छ । खार्तुमको स्थिति नाजुक रहेका थोरै समयमा उद्धारका गतिविधि गर्नुपर्ने र त्यसमा छोटो समय मै सूचना प्रवाह गर्नुपर्ने परिस्थिति पनि उत्पन्न हुनसक्ने जनाइएको छ ।


प्रकाशित मिति: १२ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?