Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

सुडानबाट आफ्ना नागरिकलाई उद्धार गर्दै बेलायत


१२ वैशाख, एजेन्सी । बेलायतले सुडानबाट आफ्ना नागरिकलाई उद्धार गर्न ‘बृहत् स्तर’ को उद्धार अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । दश दिनसम्म भएको युद्धमा चार सय २७ जना मारिएका तथा तीन हजार सात सयभन्दा बढी घाइते भएका राष्ट्रसङ्घीय निकायहरूले जनाएका छन् ।

संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा सुडानी सशस्त्र बल (एसएएफ) र र्यापिड सपोर्ट फोर्सेस (आएसएफ) ७२ घण्टा युद्धविराम गर्न सहमत भएको जनाएसँगै बेलायतले आफ्ना नागरिकलाई त्यहाँबाट फिर्ता ल्याउने घोषणा गरेको हो । आफ्ना नागरिकलाई सुडानमा असुरक्षित छाडेकामा व्यापक आलोचना भएपछि सरकारले बेलायती राहदानी वाहकहरूलाई सुडानबाट फिर्ता ल्याउने बताएको हो । सन् २०२१ मा अफगानिस्तानबाट आफ्ना नागरिक उद्दार गर्दा पनि बेलायतको आलोचना भएको थियो । गए रातिदेखि सुडानमा ७२ घण्टे युद्धविराम लागू भएको छ ।

प्रधानमन्त्री ऋषि सुनकले रोयल एयर फोर्सको उडानबाट बेलायती नागरिकलाई स्वदेश ल्याउने प्रक्रिया प्रारम्भ भएको बताएका छन् । बालबालिका, वृद्धवृद्धाका साथै कमजोर अवस्थामा रहेका परिवारलाई उद्धारको प्रथम प्राथमिकतामा राखिएको उनले बताएका छन् । उद्धार अभियानलाई जटिल कार्य भन्दै उहाँले बेलायतको सशस्त्र सेना,कूटनीतिज्ञ र अभियानमा संलग्न अन्य व्यक्तिको सराहना गरेका छन् ।

प्रधानमन्त्री सुनकले सुडानमा रक्तपात अन्त्य गर्न र लोकतान्त्रिक सरकालाई बेलायतबाट निरन्तर सहयोग एवम् समर्थन रहने बताएका छन् ।
बेलायतका विदेशमन्त्री एन्ड्र्यु मिचेलले सुडानमा दोहोरो नागरिकता भएका करिब चार हजार बेलायती र बेलायतको मात्र राहदानी भएका चार सय मानिस रहेका बताएका छन् । करिब दुई हजार बेलायती राहदानी वाहकले उद्धारका निम्ति आवेदन गरेका जानकारी पनि उनले दिएका छन् ।

विदेश मन्त्रालयले जारी गरेको एक विज्ञप्तिअनुसार उद्धार उडान खार्तुम बाहिरको एयरफिल्डबाट हुनेछ । खार्तुममा रहेका बेलायती नागरिकलाई नबोलाएसम्म घरभित्रै बस्न तथा एयरफिल्डमा नजान आग्रह गरिएको छ । खार्तुमको स्थिति नाजुक रहेका थोरै समयमा उद्धारका गतिविधि गर्नुपर्ने र त्यसमा छोटो समय मै सूचना प्रवाह गर्नुपर्ने परिस्थिति पनि उत्पन्न हुनसक्ने जनाइएको छ ।


प्रकाशित मिति: १२ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?