Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

भ्रामक सूचना फैलाएको भन्दै फ्लाईदुबईका नेपाल प्रमुख र स्टेशन म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक


१२ वैशाख, काठमाडाैँ । नेपाल उड्डयन प्राधिकरणले भ्रामक सूचना फैलाएको आरोपमा फ्लाईदुबईका नेपाल प्रमुख र स्टेशन म्यानेजरको पास तत्कालका लागि रोक्का गरेको छ ।

सोमबार राति काठमाडौंबाट दुबईका लागि १६८ यात्रु लिएर उडेको फ्लाईदुबईको विमानको इन्जिनमा भएको आगलागीको घटनामा चरा ठोक्किएको भ्रामक सूचना फैलाएको आरोपमा उनीहरुको पास तत्कालका लागि रोक्का गरिएको प्राधिकरणले जनाएको छ ।

पास रोक्का गरिएसँगै उनीहरुलाई अब विमानस्थल प्रवेश गर्न पाउने छैनन् । नयाँ निर्णय नभएसम्मका लागि उनीहरूलाई विमानस्थल प्रवेशमा रोक लगाइएको हो ।

सोमबार राति नै फ्लाईदुबईले पनि ‘चरासँग जहाज ठोकिएको’ जनाएको थियो  । दुबई सरकारको मिडिया कार्यालयले जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग छाड्नेबित्तिकै चरा ठोक्किएको दाबी गरेको छ ।

तर, प्राधिकरणले चरा ठोक्किएको दाबीलाई अस्वीकार गरेको हो ।


प्रकाशित मिति: १२ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?