Trending
>>   निर्वाचित भए काठमाडौंका खोला–नदी ढलमुक्त बनाउँछुः कृष्ण सबुज बानियाँ >>   मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो होइन : विश्वप्रकाश शर्मा >>   निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै मेरो मुख्य चुनावी एजेण्डा हुन्ः सुनिल शर्मा >>   राष्ट्रिय लिगमा चर्च ब्वाइजको चौथो जित, चित्लाङको चौथो बराबरी >>   गैरसरकारी संस्थाहरुले नेपालको राष्ट्रिय प्राथमिकताअनुसार काम गर्नुपर्छः प्रधानमन्त्री कार्की >>   जेन–जी परिषद् गठन गर्ने सरकारको निर्णय >>   उद्योग खोल्न नेतालाई गुहार्नुपर्ने र खोलेपछि चन्दा दिनुपर्ने व्यवस्था अन्त्य गर्छौंः बालेन्द्र साह >>   आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगको मौनताप्रति एमालेको आपत्ति >>   सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर त्रास सिर्जना गर्‍यो, फागुन २१ मै चुनाव हुनुपर्छः एमाले >>   उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँः ढकाल
Logo
१३ फाल्गुन २०८२, बुधबार
१३ फाल्गुन २०८२, बुधबार

समाचार


दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश

२७,असार ,काठमाडौँ । सर्वोच्च अदालतले कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विवादमा दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आज उक्त अन्तरिम आदेश गरेको हो । आदेशमा भनिएको छ, “मुद्दाको अन्तिम किनारा नभएसम्म दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्नू/नगराउनु ।”

पूर्वप्रधानमन्त्री खनालद्वारा दुःख व्यक्त

२७,असार ,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् । नेता खनालले आज एक विज्ञप्ति जारी गर्दै स्वर्गीय दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । उनिद्वारा जारी विज्ञप्तिमा भनिएको छ , “सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालकी जीवन सङ्गिनी सीता

व्यासद्वारा मिर्गौला र क्यान्सरका बिरामीलाई रु ४० लाख बढी सहयोग

२७,असार ,तनहुँ । जिल्लाको व्यास नगरपालिकाले मिर्गौला र क्यान्सरका गरी एक सय पाँच जना बिरामीलाई औषधि उपचारमा सहयोग गरेको छ । ‘गम्भीर रोग लागेका बिरामीलाई जीविकोपार्जन कार्यक्रम’ अन्तर्गत मिर्गौला र क्यान्सरका औषधि खर्चबापत रु ४० लाख दश हजार रकम प्रदान गरेको हो । मिर्गौला रोगीमध्ये डायलाइसिस गराइरहेका तथा मिर्गौला प्रत्यारोपण

आफ्नो अधिकार क्षेत्रमा पर्ने केही सडक एकतर्फी बनाउँदै कामपा

२७,असार ,काठमाडौँ । दुवै तर्फबाट सवारीसाधन आवतजावत गर्दा समस्या आएको भन्दै काठमाडौँ महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रमा पर्ने केही सडकमा एक तर्फबाट मात्रै सवारीसाधन सञ्चालन गर्ने तयारी गरेको छ । यसरी एकतर्फी बनाउने सडकमा महेन्द्र सालिक क्षेत्रको सडक, कमलादी क्षेत्र, जमल क्षेत्र, सिफल क्षेत्र, डिल्डीबजार चारखाल क्षेत्रका सडकमा एकतर्फी गर्न लागिएको

आदेशको श्रृङ्खला र आचरणका विषयमा नगर प्रहरीलाई ब्रिफिङ्

२७,असार ,काठमाडौँ । आदेशको श्रृङ्खला र आचरणका विषयमा नगर प्रहरीलाई व्रिफिङ् गरिएको छ । सहरी व्यवस्थापनका क्रममा व्यापारीहरुसँग अभद्र व्यवहार भएको गुनासो आउन थालेकोले महानगर प्रहरी बलले निर्देशनात्मक व्रिफिङ् गरेको हो । यसका लागि सबै क्षेत्रबाट कमाण्डरसहित नगर प्रहरीहरुलाई राष्ट्रिय सभा गृहमा भेला गरिएको थियो । व्रिफिङ्का क्रममा बलका प्रमुख

जनतालाई सहजरुपमा सेवा दिन निर्देशन

२७,असार ,लुम्बिनी । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सेवा प्रवाहमा सुधार ल्याउन बुटवलका कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् । बुटवल उपमहानगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले बुटवलभित्रका सबै कार्यालयबाट प्रदान गरिने सेवामा सुधार ल्याउँदै जनतालाई सहजरुपमा सेवा दिन निर्देशन दिए । उनले बुटवल उपमहानगरपालिकाले दिने सेवालाई अझ प्रभावकारी बनाउन

दलितमाथि भएका दुर्व्यवहारप्रति ध्यानाकर्षण

२७,असार ,काठमाडौँ । देशका विभिन्न भागमा दलितमाथि भएका दुव्र्यवहार र अत्याचारका घटनाप्रति मानव अधिकार तथा शान्ति समाज काठमाडौँले सरोकार भएका निकायको ध्यानाकर्षण गराएको छ । देशका विभिन्न भागमा दलितमाथि भएको दुव्र्यवहार र अत्याचारका घटनाका सन्दर्भमा चासो व्यक्त गर्दै शान्ति समाजको काठमाडौँ शाखाले जातीय छुवाछूतविरुद्ध सामाजिक अभियान चलाएको हो । शान्ति

जरायो मारेर मासु भागबण्डा गरिरहेको अवस्थामा चार पक्राउ

२७,असार ,सुर्खेत । सुर्खेतको काँक्रेविहार वनमा संरक्षित गरेका जरायो मारेको आरोपमा चार जना पक्राउलाई प्रहरीले पक्राउ गरेको छ । नयाँगाउँ क्षेत्रबाट जरायो मारेर मासु भागबण्डा गरिरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको हो । बुधबार बिहान ३ बजे जरायो मारेर भाग लगाइरहेको गोप्य सूचनाका आधारमा घटनास्थलबाटै चार जना पक्राउ परेका

प्रधानमन्त्री दाहाल पत्नी सीताको निधनप्रति सुशील कोइराला फाउन्डेसनद्वारा दुःख व्यक्त

२७,असार ,काठमाडौँ । सुशील कोइराला मेमोरियल फाउन्डेसनले प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालकी धर्म पत्नी सीता दाहालको निधनप्रति दुःख प्रकट गरेको छ । फाउन्डेसनका अध्यक्ष एवं नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइराला र सदस्य सचिव अतुल कोइरालाले आज जारी गरेको वक्तव्यमा दाहालको असामयिक निधनको खबरले

साउदीमा अनलाइनमार्फत सबै खाले समस्या र गुनासो टिपाउन मिल्ने

२७ असार, काठमाडाैँ । साउदीमा रहेको नेपाली दूतावासले अनलाइन प्रणालीमार्फत श्रमिकले सबै खाले समस्या र गुनासा टिपाउन मिल्ने अनलाइन प्रणाली सञ्चालनमा ल्याएको छ । दूतावासले यही सातादेखि रोजगारीका क्रममा समस्यामा परेकाले सहज रूपमा आफ्ना समस्या राख्न सकून् भन्ने उद्देश्यले अनलाइन प्रणाली सञ्चालनमा ल्याएको हो । दूतावासका अनुसार यो प्रणाली सञ्चालनमा आएसँगै

सम्वन्धित समाचारहरु