Trending
>>   पोखरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु >>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित) >>   लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारको रक्तदान कार्यक्रम सम्पन्न >>   काग तिहारमा रत्नपार्कमा काग सम्मेलन >>   तिहार र छठमा विद्युत आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी >>   बेलिब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउन सडक विभागको चेतावनी >>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने
Logo
२२ कार्तिक २०८३, आईतवार
२२ कार्तिक २०८३, आईतवार

निर्वाचित भए काठमाडौंका खोला–नदी ढलमुक्त बनाउँछुः कृष्ण सबुज बानियाँ


नेपाली काँग्रेस काठमाडौंका सभापति एवं काठमाडौं क्षेत्र नम्बर ६ का काँग्रेस उमेदवार कृष्ण सबुज बानियाँले सबुज कृष्ण बानियाँले आफू निर्वाचित भए काठमाडौंका खोला–नदीलाई र ढलमुक्त बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । मंगलवार यहाँ आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बानियाँले काठमाडौंलाई प्रदुषणमुक्त र ढलमुक्त बनाउने प्रतिज्ञा गर्नुभएको हो । उहाँले सिंगो काठमाडौंको वातावरणीय सुधार आफ्नो प्राथमिक एजेण्डा रहेको उल्लेख गर्नुभयो । उहाँले काठमाडौंका विभिन्न क्षेत्रबाट निर्वाचित हुने जुनसुकै दलका जनप्रतिनिधिसँग समन्वय गरेर खोलामा मिसिएको ढल व्यवस्थापन र प्रदुषण नियन्त्रणका लागि अग्रसर हुने दाबी गर्नुभयो । बानियाँले सांस्कृतिक सम्पदाको संरक्षणलाई पनि उत्तिकै महत्व दिएको उल्लेख गर्दै परापूर्वकालदेखि रहेका सम्पदाको यथोचित व्यवस्थापन र प्रवद्र्धन गरिने बताउनु भयो । काठमाडौं उपत्यकाको ऐतिहासिक तथा सांस्कृतिक पहिचान जोगाउन समन्वित पहल आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले शिक्षा क्षेत्र सुधार आफ्नो अर्को प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै सामुदायिक विद्यालयको गुणस्तर उकास्न विशेष कार्यक्रम ल्याउने प्रतिवद्धता जनाउनु भयो । उहाँले भन्नुभयो, ‘म सिंगो काठमाडौं र काठमाडौंको खोलालाई प्रदुषण र ढलमुक्त गर्ने संकल्प गर्न चाहान्छु । काठमाडौंका अन्य क्षेत्रबाट निर्वाचित भएर जाने जुनसुकै दलका नेताहरुसँग समन्वय गरेर त्यसको अग्रपंक्तिमा रहेर काठमाडौंका खोलाहरुमा रहेको ढलको समस्या समाधान गर्छु । सम्पदाहरुको संरक्षण गर्ने कुरामा पनि सबै कुराको यथोचित व्यवस्थापन गरेर हाम्रा परापूर्व कालदेखि रहेका सांस्कृतिक सम्पदाहरुलाई अझै सशक्त रुपमा अगाडि बढाउने पनि प्रण गर्न चाहन्छु । शिक्षालाई गुणस्तर बनाउँदै सामुदायिक विद्यालयहरुको गुणस्तर उकास्ने गरी कार्यक्रम अगाडि बढाउँछु । मैले धेरै विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष एवं विगतमा आफू पनि सोही पेसाबाट आएको हुनाले मलाई राम्रोसँग थाहा छ । अहिले यो क्षेत्र उच्च किसिमको शहरीकरण भइसकेको छ । यसको उच्च किसिमको व्यवस्थापन पनि गर्नुपर्छ । अहिलेको समयसन्दर्भअनुसार व्यवस्थित गर्न सबै पक्षसँग संवाद गर्न पनि चाहन्छु ।’ काठमाडौं–६ उच्चस्तरीय शहरीकरण भइसकेको उल्लेख गर्दै बानियाँले व्यवस्थित शहरी व्यवस्थापनका लागि समयसापेक्ष योजना आवश्यक रहेको धारणा पनि राख्नुभयो । उहाँले सबै वर्ग, उमेर र समुदायको हकहित र भावनाअनुसार काम गर्ने प्रतिज्ञा गर्दै आसन्न निर्वाचनमा आफूलाई निर्वाचित गराउन समेत अपिल गर्नुभयो ।

काठमाडौँ । नेपाली काँग्रेस काठमाडौंका सभापति एवं काठमाडौं क्षेत्र नम्बर ६ का काँग्रेस उमेदवार कृष्ण सबुज बानियाँले सबुज कृष्ण बानियाँले आफू निर्वाचित भए काठमाडौंका खोला–नदीलाई र ढलमुक्त बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

मंगलवार यहाँ आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बानियाँले काठमाडौंलाई प्रदुषणमुक्त र ढलमुक्त बनाउने प्रतिज्ञा गर्नुभएको हो । उहाँले सिंगो काठमाडौंको वातावरणीय सुधार आफ्नो प्राथमिक एजेण्डा रहेको उल्लेख गर्नुभयो । उहाँले काठमाडौंका विभिन्न क्षेत्रबाट निर्वाचित हुने जुनसुकै दलका जनप्रतिनिधिसँग समन्वय गरेर खोलामा मिसिएको ढल व्यवस्थापन र प्रदुषण नियन्त्रणका लागि अग्रसर हुने दाबी गर्नुभयो । बानियाँले सांस्कृतिक सम्पदाको संरक्षणलाई पनि उत्तिकै महत्व दिएको उल्लेख गर्दै परापूर्वकालदेखि रहेका सम्पदाको यथोचित व्यवस्थापन र प्रवद्र्धन गरिने बताउनु भयो । काठमाडौं उपत्यकाको ऐतिहासिक तथा सांस्कृतिक पहिचान जोगाउन समन्वित पहल आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले शिक्षा क्षेत्र सुधार आफ्नो अर्को प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै सामुदायिक विद्यालयको गुणस्तर उकास्न विशेष कार्यक्रम ल्याउने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘म सिंगो काठमाडौं र काठमाडौंको खोलालाई प्रदुषण र ढलमुक्त गर्ने संकल्प गर्न चाहान्छु । काठमाडौंका अन्य क्षेत्रबाट निर्वाचित भएर जाने जुनसुकै दलका नेताहरुसँग समन्वय गरेर त्यसको अग्रपंक्तिमा रहेर काठमाडौंका खोलाहरुमा रहेको ढलको समस्या समाधान गर्छु । सम्पदाहरुको संरक्षण गर्ने कुरामा पनि सबै कुराको यथोचित व्यवस्थापन गरेर हाम्रा परापूर्व कालदेखि रहेका सांस्कृतिक सम्पदाहरुलाई अझै सशक्त रुपमा अगाडि बढाउने पनि प्रण गर्न चाहन्छु । शिक्षालाई गुणस्तर बनाउँदै सामुदायिक विद्यालयहरुको गुणस्तर उकास्ने गरी कार्यक्रम अगाडि बढाउँछु । मैले धेरै विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष एवं विगतमा आफू पनि सोही पेसाबाट आएको हुनाले मलाई राम्रोसँग थाहा छ । अहिले यो क्षेत्र उच्च किसिमको शहरीकरण भइसकेको छ । यसको उच्च किसिमको व्यवस्थापन पनि गर्नुपर्छ । अहिलेको समयसन्दर्भअनुसार व्यवस्थित गर्न सबै पक्षसँग संवाद गर्न पनि चाहन्छु ।’

काठमाडौं–६ उच्चस्तरीय शहरीकरण भइसकेको उल्लेख गर्दै बानियाँले व्यवस्थित शहरी व्यवस्थापनका लागि समयसापेक्ष योजना आवश्यक रहेको धारणा पनि राख्नुभयो । उहाँले सबै वर्ग, उमेर र समुदायको हकहित र भावनाअनुसार काम गर्ने प्रतिज्ञा गर्दै आसन्न निर्वाचनमा आफूलाई निर्वाचित गराउन समेत अपिल गर्नुभयो ।


प्रकाशित मिति: १२ फाल्गुन २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?