Trending
>>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै मेरो मुख्य चुनावी एजेण्डा हुन्ः सुनिल शर्मा


नेपाली काँग्रेसका नेता एवं मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. सुनिल शर्माले आफ्नो निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै आफ्नो मुख्य चुनावी एजेण्डा भएको बताउनुभएको छ । पथरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै डा. शर्माले ‘काँग्रेस बोल्छ कम, काम बढी गर्छ’ भन्ने गिरिजाप्रसाद कोईरालाको मान्यतालाई आफूले व्यवहारमा उतारेको दाबी गर्नुभएको हो । उहाँले पथरीमा निर्माण भएको ३५ करोडको खानेपानी ट्याङ्की र ३० वर्षदेखि अलपत्र रहेको पथरी–डायनिया–सिक्टी व्यापारिक मार्गको निर्माण कार्यलाई आफ्नो प्रमुख उपलब्धिको रूपमा प्रश्तुत गर्नुभयो । डा. शर्माले गत ३५ वर्षदेखि सुकुम्वासीहरूले भोग्दै आएको धनीपुर्जा सम्बन्धी समस्या समाधानका लागि आफूले ठोस पहल गरेको बताउनु भयो । शिक्षा र स्वास्थ्य क्षेत्रमा आफ्नो विशेष रुचि रहेको बताउँदै डा. शर्माले २५ वर्षदेखि रोकिएको पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज सञ्चालनको निर्णय गराउन सफल भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले आगामी दुई हप्ताभित्र डाक्टर पढ्ने विद्यार्थी आउने र ५ वर्षभित्र ५०० शैय्याको अत्याधुनिक टिचिङ अस्पताल निर्माण हुने घोषणा गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले कानून बनाएर नापी पठाएपछि ५०० भन्दा बढीलाई धनीपुर्जा वितरण गरिसकेका छौँ । जेन–जी मुभमेन्टपछि केही समय रोकिएको यो प्रक्रिया नयाँ सरकार गठन लगत्तै पुनः शुरु हुनेछ र सबै नागरिकले निस्सा र धनीपुर्जा पाउनेछन् । हामीले यो क्षेत्रका ९० प्रतिशत सहायक बाटाहरू पिच गरिसकेका छौँ । बेलबारी, लेटाङ, लालभित्ती र सुन्दरहरैंचाका जनताले अब धुलो र हिलोबाट मुक्ति पाएका छन् । २०७९ मा धेरै साथीहरूले भोट दिएर पठाउनु भयो । यहाँका आम नागरिकले मत दिनुभयो । अभूतपूर्व अपार माया दिनुभयो र मलाई विश्वास के छ भने तपाईंहरूले यो २०८२ सालमा पनि त्यो भन्दा बढी माया, त्यो भन्दा बढी सद्भाव, प्रेम मत र मज्जासँग आशीर्वाद दिएर हामीलाई २१ गते हुन गइरहेको फागुन २१ को निर्वाचनमा विजयी गराएर काठमाडौं पठाइदिनुहुनेछ र जनताका पक्षमा हामीले अनवरत रुपमा इमानदार भएर काम गर्नेछौँ भन्ने प्रतिवद्धतासहित साथीहरूलाई फागुन २१ को चुनावका निम्ति जुटिदिनुहुन र अघि विश्वजीले भनेजस्तै सबैले आफ्नो वडामा जसरी हामीले २०७९ मा सबै वडाहरू लिड गरेका थियौँ त्यसरी नै २०८२ मा २०७९ को टार्गेटभन्दा माथि हामीले त्यो भन्दा बढी मत हरेक वडाले मत दिलाएर काँग्रेस पार्टीलाई र हामीलाई विजयी गराइदिनुहुनेछ ।’ आगामी फागुन २१ गते हुने निर्वाचनका लागि तयारीमा जुट्न कार्यकर्ताहरूलाई निर्देशन दिँदै उहाँले २०७९ को निर्वाचनमा जस्तै अपार माया र आशीर्वादको अपेक्षा गर्नुभयो ।

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. सुनिल शर्माले आफ्नो निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै आफ्नो मुख्य चुनावी एजेण्डा भएको बताउनुभएको छ ।

पथरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै डा. शर्माले ‘काँग्रेस बोल्छ कम, काम बढी गर्छ’ भन्ने गिरिजाप्रसाद कोईरालाको मान्यतालाई आफूले व्यवहारमा उतारेको दाबी गर्नुभएको हो । उहाँले पथरीमा निर्माण भएको ३५ करोडको खानेपानी ट्याङ्की र ३० वर्षदेखि अलपत्र रहेको पथरी–डायनिया–सिक्टी व्यापारिक मार्गको निर्माण कार्यलाई आफ्नो प्रमुख उपलब्धिको रूपमा प्रश्तुत गर्नुभयो । डा. शर्माले गत ३५ वर्षदेखि सुकुम्वासीहरूले भोग्दै आएको धनीपुर्जा सम्बन्धी समस्या समाधानका लागि आफूले ठोस पहल गरेको बताउनु भयो । शिक्षा र स्वास्थ्य क्षेत्रमा आफ्नो विशेष रुचि रहेको बताउँदै डा. शर्माले २५ वर्षदेखि रोकिएको पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज सञ्चालनको निर्णय गराउन सफल भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले आगामी दुई हप्ताभित्र डाक्टर पढ्ने विद्यार्थी आउने र ५ वर्षभित्र ५०० शैय्याको अत्याधुनिक टिचिङ अस्पताल निर्माण हुने घोषणा गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले कानून बनाएर नापी पठाएपछि ५०० भन्दा बढीलाई धनीपुर्जा वितरण गरिसकेका छौँ । जेन–जी मुभमेन्टपछि केही समय रोकिएको यो प्रक्रिया नयाँ सरकार गठन लगत्तै पुनः शुरु हुनेछ र सबै नागरिकले निस्सा र धनीपुर्जा पाउनेछन् । हामीले यो क्षेत्रका ९० प्रतिशत सहायक बाटाहरू पिच गरिसकेका छौँ । बेलबारी, लेटाङ, लालभित्ती र सुन्दरहरैंचाका जनताले अब धुलो र हिलोबाट मुक्ति पाएका छन् । २०७९ मा धेरै साथीहरूले भोट दिएर पठाउनु भयो । यहाँका आम नागरिकले मत दिनुभयो । अभूतपूर्व अपार माया दिनुभयो र मलाई विश्वास के छ भने तपाईंहरूले यो २०८२ सालमा पनि त्यो भन्दा बढी माया, त्यो भन्दा बढी सद्भाव, प्रेम मत र मज्जासँग आशीर्वाद दिएर हामीलाई २१ गते हुन गइरहेको फागुन २१ को निर्वाचनमा विजयी गराएर काठमाडौं पठाइदिनुहुनेछ र जनताका पक्षमा हामीले अनवरत रुपमा इमानदार भएर काम गर्नेछौँ भन्ने प्रतिवद्धतासहित साथीहरूलाई फागुन २१ को चुनावका निम्ति जुटिदिनुहुन र अघि विश्वजीले भनेजस्तै सबैले आफ्नो वडामा जसरी हामीले २०७९ मा सबै वडाहरू लिड गरेका थियौँ त्यसरी नै २०८२ मा २०७९ को टार्गेटभन्दा माथि हामीले त्यो भन्दा बढी मत हरेक वडाले मत दिलाएर काँग्रेस पार्टीलाई र हामीलाई विजयी गराइदिनुहुनेछ ।’

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि तयारीमा जुट्न कार्यकर्ताहरूलाई निर्देशन दिँदै उहाँले २०७९ को निर्वाचनमा जस्तै अपार माया र आशीर्वादको अपेक्षा गर्नुभयो ।


प्रकाशित मिति: १२ फाल्गुन २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?