Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

व्यासद्वारा मिर्गौला र क्यान्सरका बिरामीलाई रु ४० लाख बढी सहयोग


२७,असार ,तनहुँ । जिल्लाको व्यास नगरपालिकाले मिर्गौला र क्यान्सरका गरी एक सय पाँच जना बिरामीलाई औषधि उपचारमा सहयोग गरेको छ । ‘गम्भीर रोग लागेका बिरामीलाई जीविकोपार्जन कार्यक्रम’ अन्तर्गत मिर्गौला र क्यान्सरका औषधि खर्चबापत रु ४० लाख दश हजार रकम प्रदान गरेको हो ।

मिर्गौला रोगीमध्ये डायलाइसिस गराइरहेका तथा मिर्गौला प्रत्यारोपण गरेकाले र क्यान्सरका बिरामीलाई गत कात्तिकदेखि औषधि खर्चबापत मासिक रु पाँच हजार प्रदान गरिँदै आएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । चिकित्सकको सिफारिसमा वडा कार्यालयमार्फत चालु वर्षमा बिरामीले औषधि खर्चबापत रकम पाएको उनले बताए ।

उनका अनुसार क्यान्सरका बिरामी ६४, डायलाइसिस गरेका बिरामी ३४ जना, मिर्गौला प्रत्यारोपण गराएका छ जनाले औषधि खर्चबापत रकम लिएका छन् । त्यसैगरी मेरुदण्डको पक्षघातको एक जना बिरामीले औषधि खर्चबापत नौ महिनाको रु ४५ हजार पाएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए ।

सरकारले तोकेको लक्षित बिरामीले मासिक पाँच हजार प्राप्त गर्न चिकित्सकको सिफारिस आवश्यक जनस्वास्थ्य निरीक्षक लक्ष्मी गुरुङले जानकारी दिईन् । चिकित्सकले उपचार गराइरहेको सिफारिस गरिदिएपछि बिरामीले व्यास नगरपालिकामा उपचार खर्च माग गरी भुक्तानी लिने प्रावधान रहेको छ ।

मेरुदण्ड पक्षाघात भएका बिरामीको हकमा भने अपाङ्गतासम्बन्धी प्राप्त गरेको रातो वा नीलो कार्डको प्रतिलिपिसहित पेश गरेको हुनुपर्ने उनले बताईन् ।


प्रकाशित मिति: २७ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?