Trending
>>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद >>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

व्यासद्वारा मिर्गौला र क्यान्सरका बिरामीलाई रु ४० लाख बढी सहयोग


२७,असार ,तनहुँ । जिल्लाको व्यास नगरपालिकाले मिर्गौला र क्यान्सरका गरी एक सय पाँच जना बिरामीलाई औषधि उपचारमा सहयोग गरेको छ । ‘गम्भीर रोग लागेका बिरामीलाई जीविकोपार्जन कार्यक्रम’ अन्तर्गत मिर्गौला र क्यान्सरका औषधि खर्चबापत रु ४० लाख दश हजार रकम प्रदान गरेको हो ।

मिर्गौला रोगीमध्ये डायलाइसिस गराइरहेका तथा मिर्गौला प्रत्यारोपण गरेकाले र क्यान्सरका बिरामीलाई गत कात्तिकदेखि औषधि खर्चबापत मासिक रु पाँच हजार प्रदान गरिँदै आएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । चिकित्सकको सिफारिसमा वडा कार्यालयमार्फत चालु वर्षमा बिरामीले औषधि खर्चबापत रकम पाएको उनले बताए ।

उनका अनुसार क्यान्सरका बिरामी ६४, डायलाइसिस गरेका बिरामी ३४ जना, मिर्गौला प्रत्यारोपण गराएका छ जनाले औषधि खर्चबापत रकम लिएका छन् । त्यसैगरी मेरुदण्डको पक्षघातको एक जना बिरामीले औषधि खर्चबापत नौ महिनाको रु ४५ हजार पाएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए ।

सरकारले तोकेको लक्षित बिरामीले मासिक पाँच हजार प्राप्त गर्न चिकित्सकको सिफारिस आवश्यक जनस्वास्थ्य निरीक्षक लक्ष्मी गुरुङले जानकारी दिईन् । चिकित्सकले उपचार गराइरहेको सिफारिस गरिदिएपछि बिरामीले व्यास नगरपालिकामा उपचार खर्च माग गरी भुक्तानी लिने प्रावधान रहेको छ ।

मेरुदण्ड पक्षाघात भएका बिरामीको हकमा भने अपाङ्गतासम्बन्धी प्राप्त गरेको रातो वा नीलो कार्डको प्रतिलिपिसहित पेश गरेको हुनुपर्ने उनले बताईन् ।


प्रकाशित मिति: २७ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?