Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

साउदीमा अनलाइनमार्फत सबै खाले समस्या र गुनासो टिपाउन मिल्ने


२७ असार, काठमाडाैँ । साउदीमा रहेको नेपाली दूतावासले अनलाइन प्रणालीमार्फत श्रमिकले सबै खाले समस्या र गुनासा टिपाउन मिल्ने अनलाइन प्रणाली सञ्चालनमा ल्याएको छ । दूतावासले यही सातादेखि रोजगारीका क्रममा समस्यामा परेकाले सहज रूपमा आफ्ना समस्या राख्न सकून् भन्ने उद्देश्यले अनलाइन प्रणाली सञ्चालनमा ल्याएको हो ।

दूतावासका अनुसार यो प्रणाली सञ्चालनमा आएसँगै अब साउदीमा कार्यरतलाई कुनै अप्ठ्यारो भएमा, गुनासो राख्नु परेमा वा दूतावासको सहयोग चाहिएमा अनलाइनमार्फत नै आफ्ना कुरा राख्न सक्छन् । यो व्यवस्थाले पहिले जस्तो दूतावासको कार्यालय नै पुग्नुपर्ने वा फोन गर्नुपर्ने बाध्यता हटेको छ ।

दूतावासमा भौतिक उपस्थित हुनुपर्ने वा फोनबाट समस्या राख्दा फोन नउठ्नेलगायतका समस्या श्रमिकले भोग्दै आएका थिए । अब भने अनलाइनमार्फत श्रमिकले राखेका समस्या तथा गुनासोउपर तत्कालै आवश्यक समन्वय थालिने दूतावासले जनाएको छ ।

दूतावासले समस्या समाधानका लागि के कस्तो पहल र प्रयास गरिरहेको छ भन्ने जानकारी पनि अनलाइनमार्फत नै श्रमिक आफैँले हेर्न सक्ने छन् । आफूले राखेको गुनासोउपर के भइरहेको छ भनेर दूतावासमा सम्पर्क गरिरहन पर्ने बाध्यता पनि यो प्रणालीले हटाएको दूतावासले जनाएको छ ।


प्रकाशित मिति: २७ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?