Trending
>>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान >>   अध्यादेशमार्फत मृत्यु घोषणा र दर्ताका लागि कानून संशोधन गर्दैछौँः कानूनमन्त्री गौतम >>   महामन्त्री पदका लागि सुनिल शर्माको उम्मेदवारी >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु >>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

आदेशको श्रृङ्खला र आचरणका विषयमा नगर प्रहरीलाई ब्रिफिङ्


२७,असार ,काठमाडौँ । आदेशको श्रृङ्खला र आचरणका विषयमा नगर प्रहरीलाई व्रिफिङ् गरिएको छ । सहरी व्यवस्थापनका क्रममा व्यापारीहरुसँग अभद्र व्यवहार भएको गुनासो आउन थालेकोले महानगर प्रहरी बलले निर्देशनात्मक व्रिफिङ् गरेको हो ।

यसका लागि सबै क्षेत्रबाट कमाण्डरसहित नगर प्रहरीहरुलाई राष्ट्रिय सभा गृहमा भेला गरिएको थियो । व्रिफिङ्का क्रममा बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले भने, “सहरी सुव्यवस्थाका लागि हामीले गरेका काम र आचरणलाई नागरिकलाई नजिकबाट नियालिरहेका हुन्छन् । सडक व्यापारीको सामान पोखिने गरी कारवाही गरेको जस्ता विषयमा गुनासा आएका छन् । सामान पोखिने गरी कारवाही नगर्नू । नागरिकसँग आदरार्थी शव्दको प्रयोग गरेर बोल्नु ।”

‘कानुनको परिपालना गर्ने गराउने, नागरिकमैत्री व्यवहार गर्ने, अनुशासन र आदेश सृङ्खलाको पालना नगर प्रहरीका अनिवार्य जिम्मेवारी हुन् । यसलाई पालना गर्नू ।’ पाण्डेको भनाइ थियो ।


प्रकाशित मिति: २७ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?