Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

दलितमाथि भएका दुर्व्यवहारप्रति ध्यानाकर्षण


२७,असार ,काठमाडौँ । देशका विभिन्न भागमा दलितमाथि भएका दुव्र्यवहार र अत्याचारका घटनाप्रति मानव अधिकार तथा शान्ति समाज काठमाडौँले सरोकार भएका निकायको ध्यानाकर्षण गराएको छ ।

देशका विभिन्न भागमा दलितमाथि भएको दुव्र्यवहार र अत्याचारका घटनाका सन्दर्भमा चासो व्यक्त गर्दै शान्ति समाजको काठमाडौँ शाखाले जातीय छुवाछूतविरुद्ध सामाजिक अभियान चलाएको हो । शान्ति समाज काठमाडौँ शाखाले शान्ति स्तूप बौद्धनाथ अगाडि एक प्रदर्शनीको आयोजना गरेको थियो ।

‘जातीय भेदभाव अन्त्य गरौँ : मानव अधिकारको सम्मान गरौँ, दलित अधिकार : मानव अधिकार, दलित विभेदको अन्त्य : मानव अधिकारको गन्तव्य, सबैका लागि सबै मानव अधिकार’ जस्ता नारा लेखिएका प्लेकार्डसहित ६० जनाभन्दा ज्यादा अधिकारकर्मीले प्रदर्शन गरेका थिए ।

कार्यक्रममा शान्ति समाजका केन्द्रीय सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, पूर्वसभापति होमकान्त चौँलागाईं, सामाजिक अभियानकर्मी श्रीराम चालिसे लगायतले दलित अधिकारको सम्मान गर्न आग्रह गरेका थिए ।


प्रकाशित मिति: २७ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?