Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

दलितमाथि भएका दुर्व्यवहारप्रति ध्यानाकर्षण


२७,असार ,काठमाडौँ । देशका विभिन्न भागमा दलितमाथि भएका दुव्र्यवहार र अत्याचारका घटनाप्रति मानव अधिकार तथा शान्ति समाज काठमाडौँले सरोकार भएका निकायको ध्यानाकर्षण गराएको छ ।

देशका विभिन्न भागमा दलितमाथि भएको दुव्र्यवहार र अत्याचारका घटनाका सन्दर्भमा चासो व्यक्त गर्दै शान्ति समाजको काठमाडौँ शाखाले जातीय छुवाछूतविरुद्ध सामाजिक अभियान चलाएको हो । शान्ति समाज काठमाडौँ शाखाले शान्ति स्तूप बौद्धनाथ अगाडि एक प्रदर्शनीको आयोजना गरेको थियो ।

‘जातीय भेदभाव अन्त्य गरौँ : मानव अधिकारको सम्मान गरौँ, दलित अधिकार : मानव अधिकार, दलित विभेदको अन्त्य : मानव अधिकारको गन्तव्य, सबैका लागि सबै मानव अधिकार’ जस्ता नारा लेखिएका प्लेकार्डसहित ६० जनाभन्दा ज्यादा अधिकारकर्मीले प्रदर्शन गरेका थिए ।

कार्यक्रममा शान्ति समाजका केन्द्रीय सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, पूर्वसभापति होमकान्त चौँलागाईं, सामाजिक अभियानकर्मी श्रीराम चालिसे लगायतले दलित अधिकारको सम्मान गर्न आग्रह गरेका थिए ।


प्रकाशित मिति: २७ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?