Trending
>>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल >>   गोली हान्ने र हान्न लगाउने सबैलाई कारबाहीको सिफारिस : गौरीबहादुर कार्की >>   ‘जनादेश सधैँका लागि स्थायी हुँदैन, शक्तिको दम्भ देखाउने प्रवृत्ति लोकतन्त्र होइन’: प्रधानमन्त्री कार्की >>   सामाजिक सञ्जाल र एआईबाट हुने महिला हिंसाप्रति कार्यवाहक प्रमुख डंगोलको गुनासो >>   अब काँग्रेस नियमित महाधिवेशनमा जुट्छ, सरकारलाई राम्रो काममा सघाउँछौँः विश्वप्रकाश शर्मा >>   रास्वपाको उदय हाम्रै कमजोरीको परिणामः विश्वप्रकाश शर्मा >>   बालेनलाई ओलीको बधाई सन्देश :पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस् >>   बालेन्द्र शाहको धमाकेदार विजय: केपी ओली झापा–५ मा पराजित
Logo
२५ फाल्गुन २०८२, सोमबार
२५ फाल्गुन २०८२, सोमबार

पूर्वप्रधानमन्त्री खनालद्वारा दुःख व्यक्त


२७,असार ,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

नेता खनालले आज एक विज्ञप्ति जारी गर्दै स्वर्गीय दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । उनिद्वारा जारी विज्ञप्तिमा भनिएको छ , “सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालकी जीवन सङ्गिनी सीता दाहालले ३० को दशकदेखि कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादी आन्दोलनलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । उहाँको निधनको खबरले स्तब्ध तुल्याएको छ ।”

मुलुकको राजनीतिक विकासक्रममा दिवङ्गत दाहालले पुर्याएको योगदानको इतिहासमा अविश्मरणीय रहने नेता खनालले दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

विज्ञप्तिमा पत्नी वियोगमा रहेका प्रधानमन्त्री दाहाललगायत शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गरिएको छ । नर्भिक अस्पतालमा आज बिहान ८ः३३ मा ६९ वर्षको उमेरमा दाहालको निधन भएको थियो ।


प्रकाशित मिति: २७ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?