Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

जरायो मारेर मासु भागबण्डा गरिरहेको अवस्थामा चार पक्राउ


२७,असार ,सुर्खेत । सुर्खेतको काँक्रेविहार वनमा संरक्षित गरेका जरायो मारेको आरोपमा चार जना पक्राउलाई प्रहरीले पक्राउ गरेको छ ।

नयाँगाउँ क्षेत्रबाट जरायो मारेर मासु भागबण्डा गरिरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको हो । बुधबार बिहान ३ बजे जरायो मारेर भाग लगाइरहेको गोप्य सूचनाका आधारमा घटनास्थलबाटै चार जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर–१० का ५२ वर्षीय डम्मरबहादुर थारु, उहाँका छोरा अन्दाजी २१ वर्षीया सुशील चौधरी, २८ वर्षीय आशाराम चौधरी र वीरेन्द्रनगर–११ का ४१ वर्षीय मीनबहादुर वली रहेको जील्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनिहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारबाही हुने जिल्ला वन कर्यालय सुर्खेतले जनाएको छ । अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: २७ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?