Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

गैरसरकारी संस्थाहरुले नेपालको राष्ट्रिय प्राथमिकताअनुसार काम गर्नुपर्छः प्रधानमन्त्री कार्की


गैरसरकारी संस्थाहरुले नेपालको राष्ट्रिय प्राथमिकताअनुसार काम गर्नुपर्छः प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशील कार्कीले गैरसरकारी संघ, संस्थाहरुले नेपालको राष्ट्रिय प्राथमिकता र जनताको आवश्यक्ता अनुसार स्रोत, साधन परिचालन गर्नुपर्ने बताउनुभएको छ ।

मंगलवार समाज कल्याण परिषद्को डिजिटल सेवा शुभारम्भ गर्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री कार्कीले राज्यको नीतिअनुसार सामाजिक तथा नागरिक संस्थाहरु सक्रिय हुनु लोकतन्त्रको सवल पक्ष भएको पनि उल्लेख गर्नुभयो । उहाँले नेपालमा सामाजिक संघ, संस्थाहरुले विपद्मा खेलेको भुमिका प्रशंशनीय रहेको पनि बताउनु भयो । जनसहभागिता, दिगोपना, मितव्ययिता, लक्षित वर्गमुखि कार्यक्रम र स्वयमसेवी भावनालाई आत्मासात गर्दै अघि बढे गैरसरकारी संस्थाहरुको सान्दर्भिकता अझै बढेर जाने प्रधानमन्त्री कार्कीको विश्वास छ ।

उहाँले भन्नुभयो,‘राज्यको नीति अंगिकार गरी सामाजिक तथा नागरिक संस्थाहरु सक्रिय हुनु लोकतन्त्रको सबल पक्ष हो । सरकारी संघ संस्थाहरुले स्वास्थ्य, शिक्षा, सशक्तीकरण, समावेशीकरण, गरिवी निवारण, सामुदायिक विकास र वातावरण संरक्षण जस्ता विविध क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन् । विशेष गरी विपदमा समयमा राहत, उद्धार र पुनस्र्थापनामा खेलेको भुमिका प्रशंशनीय छ । जनसहभागिता, दिगोपना, मितव्ययिता, लक्षित वर्गमुखि कार्यक्रम र स्वयंसेवी भावनालाई आत्मासात गर्दै अघि बढेमा गैरसरकारी संस्थाहरुको सान्दर्भिकता अझै बढ्नेछ भन्ने मुरो विश्वास छ । अन्तर्राष्टिय विकास साझेदारहरुले पनि नेपालको राष्ट्रिय प्राथमिकता र नेपाली जनताको वास्तविक आवश्यक्ता अनुसार स्रोत, सोधन परिचालन गर्नेछन भन्नेमा म विश्वस्त छु ।’

प्रधानमन्त्री कार्कीले परिषद्ले सामाजिक क्षेत्रको कामलाई अघि बढाउनका लागि अतुलनीय योगदान पु¥याउने अपेक्षा समेत गर्नुभयो ।


प्रकाशित मिति: १२ फाल्गुन २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?