Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१३ पुष २०८२, आईतवार
१३ पुष २०८२, आईतवार

समाचार


जेन जी आन्दोलनमा ६८ बैंक र ६९ एटीएम तोडफोड: गभर्नर

काठमाडौँ। गभर्नर विश्वनाथ पौडेललेआन्दोलनको समयमा  बैंकका ६८ वटा शाखाहरुमा असर गरेको बताएका छन् । उनले आन्दोलनकारीले बैंकहरु नै लक्षित गरेको भने नदेखिएको बताए । गभर्नर पौडेलले भने,‘६८ वटा शाखाहरुमा असर गरेको छ । आन्दोलनकारीले बैंकहरु नै लक्षित गरेको भने देखिन्न । ६९ ओटा एटीएमहरु तोडफोड भएका छन् । मान्छेहरुको मनोबल

चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा

काठमाडौँ। सोमवार (आज) बाट काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा सरकारले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले सपथ मूल्य पसल सञ्चालनमा ल्याएका हुन् । अघिल्ला वर्षहरुमा तामझामका साथ यस्ता पसलहरुको शुभारम्भ गरिने गरिएपनि यसपटक औपचारिक कार्यक्रम बिनै शुरु गरिएको

जेन जी आन्दोलनमा अधिक बल प्रयोग भयो, निष्पक्ष छानविन गर्नुपर्छः गृहमन्त्री अर्याल

काठमाडौँ। गृह एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश शर्माले जेनजी आन्दोलनको क्रममा भएको बल प्रयोगको घटनालाई छानविन गर्नुपर्ने कुरालाई आफूले पहिलो प्राथमिकतामा राखेको बताएका छन् । सोमवार सिंहदरवारमा पदभार ग्रहण गरेलगत्तै उनले कर्मचारीहरुलाई निर्देशन दिने क्रममा सो कुरा बताएका हुन् । जेनजी आन्दोलनपछि मुलुकलाई सामान्य अवस्था फर्काउन र कानूनी

घिसिङको अनौठो पहल: तलबबाट सहिद परिवारलाई सहयोग

काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङले सोमबार पदभार ग्रहण गरेपछि तलबभत्ता, सुरक्षा लगायत सुविधा नलिने घोषणा गरेका छन्। उनले आफ्नो तलब सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गर्ने बताए। साथै, आफूलाई माननीय नभन्न आग्रह गरेका छन्।

मुलुकलाई पुनःनिर्माण, राजनीतिक स्थिरता र समृद्धितर्फ अघि बढाउन कटिवद्ध छुः मन्त्री घिसिङ

काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले मुलुकलाई स्थायित्व र विकासतर्फ अघि बढाउन सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताएका छन् । सोमवार सिंहदरबारमा सम्बन्धित मन्त्रालयका कर्मचारीहरुसँगको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकलाई पुनःनिर्माण, राजनीतिक स्थिरता र समृद्धितर्फ अघि बढाउन

खुद्रे आयोजना हटाउँदा १०० अर्ब वचत हुन्छः अर्थमन्त्री खनाल

काठमाडौँ। खुद्रे आयोजनाहरु अघि नबढाउने निर्णय गरेका नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले त्यस्ता आयोजनाहरु कार्यान्वयन नगर्दा १०० अर्ब रुपैँया स्रोत जोहो हुने बताएका छन् । अर्थ मन्त्रालयमा सोमवार पदबाहालीपछि अर्थका अधिकारीहरुसँगको छलफलमा उनले त्यस्ता आयोजनाहरु हटाउन कार्यदल गठन गर्ने पहिलो निर्णय गरिएको बताएका छन् । उनले यो ६ महिनाभित्र कुनै हालतमा

उर्जामन्त्री घिसिङको पहिलो निर्णयः डेडिकेटेड र ट्रंकलाइनको वक्यौता रकम असुल्न विद्युत प्राधिकरणलाई निर्देशन

काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । सोमवार दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उहाँले पदभार सम्हालेका हुन् । मन्त्री घिसिङले डेडिकेटेड र ट्रंकलाइनको वक्यौता रकम असुल्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिने निर्णय पनि गरेका छन् । पदबहालीलगत्तै उनले

गृहमन्त्रीको पहिलो निर्णयः राष्ट्रिय शोक मनाउने, मृतकका परिवारलाई १ लाख काजकिरिया खर्च दिने

काठमाडौँ। सरकारले जेनजी आन्दोलनको क्रममा मारिएकाहरुको सम्मानमा राष्ट्रिय शोक मनाउने भएको छ । गृह तथा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले सोमवार सिंहदरवारमा पुगेर पदभार ग्रहण गरेलगत्तै सो निर्णय गरेका हुन् । उनले उनीहरुको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाएर राष्ट्रिय शोक मनाउने निर्णय गरिएको जानकारी दिएका छन् । मन्त्रीपरिषद्

चर्चाको शिखरमा रहेका कुलमानलाई उर्जामन्त्रीको जिम्मेवारी

काठमाडौँ। विगत एक दशकयता सधैँ चर्चाको शिखरमा रहिरहनुभएका कुलमान घिसिङ उर्जामन्त्रीको जिम्मेवारीमा आएका छन्  । करिव आठ वर्षअघि घिसिङले पहिलो पटक विद्युत प्राधिकरणको नेतृत्व सम्हाल्नुभएका  बेला नेपाल ’लोडशेडिङमुक्त’ घोषणा गरिएको थियो । विसं २०७३ सालकै तिहारबाट शहरहरूमा ‘लोडशेडिङ’ सकिएको जनाउँदै २०७५ साल वैशाखमा पूरै देशलाई करिव डेढ दशकदेखि विद्युत आपूर्तिमा

महान्यायाधिवक्ता बरालले लिइन् शपथ

काठमाडौँ। महान्यायधिवक्ता सविता भण्डारी बरालले पद तथा गोपनियताको शपथ लिएकी छिन् । प्रधानन्याधीश प्रकाशमानसिंह राउतले सोमवार आयोजित एक कार्यक्रमबीच बराललाई शपथ ग्रहण गराएका हुन् । शपथग्रहण कार्यक्रममा न्यायधीश सपना प्रधान मल्ल लगायतको उपस्थिति थियो । प्रधानमन्त्री सुशिला कार्कीले भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गर्न आईतवार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस सिफारिस गरेकी थिइन् 

सम्वन्धित समाचारहरु