काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन वर्तमान सरकारसँग सहकार्य गर्न आफू उत्सुक रहेको बताएका छन्।
सामाजिक संजालमा लेख्दै प्रधानमन्त्री मोदीले भनेका छन्– ‘राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका अध्यक्ष श्री रवि लामिछानेलाई भेट्न पाउँदा खुसी लाग्यो। साझा र समृद्ध भविष्यको लागि मिलेर काम गर्ने उहाँको इच्छालाई म स्वागत गर्दछु र पूर्ण रूपमा साझा गर्दछु। हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल एक प्राथमिकता साझेदार हो र हामी हाम्रा दुई देशहरू बीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न तत्पर छौं।’
सभापति लामिछानेसँगको भेटपछि मोदीले भेटप्रति खुसी व्यक्त गर्दै साझा समृद्धि र उज्ज्वल भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनालाई स्वागत गरेको बताएका छन्।

प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार