Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

न्यायको माग गर्दै मिटरब्याज पीडितद्वारा धनुषा जिल्ला अदालत घेराउ


धनुषा।अनुचित लेनदेन (मिटरब्याज) बाट पीडित भएकाहरूले न्यायको माग गर्दै धनुषा जिल्ला अदालत घेराउ गर्नुका साथै धर्ना दिएका छन् ।

मिटरब्याज पीडित संघर्ष समितिको अगुवाइमा पीडितहरूले शुक्रबार अदालत परिसरमा प्रदर्शन गरेका हुन् । मिटरब्याज पीडित संघर्ष समितिका केन्द्रिय अध्यक्ष अवधेश कुशवाहाको नेतृत्वमा भेला भएका पीडितहरूले सरकारले आफ्ना समस्या समाधानमा ठोस पहल नगरेको भन्दै आन्दोलनलाई थप सशक्त बनाएका हुन् । उक्त अवसरमा आयोजित धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कुशवाहाले लामो समयदेखि न्यायका लागि संघर्ष गरिरहे पनि राज्य पक्षबाट आश्वासनबाहेक केही नपाएको गुनासो गरेका छन् । उनले पटक–पटक गृहमन्त्री फेरिए पनि मिटरब्याज पीडितका मुद्दा सम्बोधन हुन नसक्नु दुःखद् भएको बताएका छन् ।

अध्यक्ष कुशवाहाले भने, ‘वर्तमान सरकारले सत्तामा जानुअघि हाम्रा समस्या समाधान गर्ने आश्वासन दिएको थियो। तर, सरकारमा पुगेपछि पीडितहरूमाथि झन् उजुरीको संख्या थपिएको छ र मानसिक तथा भौतिक प्रताडना दिने क्रम बढ्दो छ ।’

पीडितहरूले अदालतको कार्यशैलीप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले अदालतबाट पीडितको पक्षमा भन्दा साहु–महाजनको पक्षमा बढी संरक्षण हुने गरेको आरोप लगाएका छन् । यसअघि जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि समेत शान्तिपूर्ण धर्ना दिएका पीडितहरूले निष्पक्ष न्याय नपाएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएका छन् । न्यायका लागि आफूहरूको संघर्ष जारी रहने र माग पूरा नभए आन्दोलनलाई अझ उचाइमा पु¥याउने संघर्ष समितिले जनाएको छ ।


प्रकाशित मिति: १९ जेष्ठ २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?