Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

राज्य संयन्त्रलाई संयमित रहन एमाले अध्यक्ष ओलीको चेतावनीः वर्तमान व्यवस्थालाई ‘अराजक तन्त्र’ को संज्ञा


काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष एवंपूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राज्य संयन्त्रमा रहेका व्यक्ति तथा निकायहरूलाई आफ्नो अधिकारको दुरुपयोग नगर्न र संयमित रहन चेतावनी दिएका छन् ।

अध्यक्ष ओलीले समय र परिस्थिति सधैँ एकैनासको नरहने उल्लेख गर्दै राज्यका जिम्मेवार ओहोदामा रहेकाहरूलाई ‘उत्ताउलिएर’ अगाडि नबढ्न सचेत गराउंदै नेपालको राजनीतिक इतिहास स्मरण र राणा शासन, पञ्चायती तानाशाही र राजतन्त्रजस्ता शक्तिशाली व्यवस्थाहरू त ढलेको अवस्थामा वर्तमान ’अराजक तन्त्र’ लामो समय नटिक्ने दाबी गरेका छन् । अध्यक्ष ओलीले गत भदौ २३ र २४ गते भएका आगजनी तथा राष्ट्रिय सम्पती विनाशका घटनाहरूप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । उनले राष्ट्रव्यापी रूपमा भएका यस्ता उपद्रवकारी र आपराधिक क्रियाकलापलाई सरकारले सामान्य रूपमा लिएर बेवास्ता गर्न खोजेको आरोप लगाएका छन् ।

उनले भने, ‘राज्य संयन्त्रमा रहेका संस्था र व्यक्तिहरूलाई म भन्न चाहन्छु— समय र परिस्थिति सधैँ एउटै रहँदैन । उत्ताउलिएर धेरै अगाडि नबढ्नुहोला। सधैँ एउटै परिस्थिति रहँदैन । राणा शासन ढल्यो, पञ्चायती तानाशाही ढल्यो, राजतन्त्र ढल्यो, अनेक तन्त्रहरू गए । यो अराजक तन्त्र कति समयको पाहुना हो, यो अराजकतन्त्र लामो समय चल्न सक्दैन । मैले अघि नै भनेको थिएँ, भदौ २३–२४ मा भएका उपद्रवकारी क्रियाकलाप, आगजनीजस्ता राष्ट्रव्यापी घटनाहरू, राष्ट्रको सम्पत्ति जलाउनेजस्ता अपराधलाई केही नभएको जस्तो गरी सर्लक्क पचाउने प्रयास भएको छ। यो सानोतिनो कुरा होइन ।’

राष्ट्रको सम्पती जलाउने जस्तो गम्भीर अपराधलाई ‘पचाउने’ प्रयास भइरहेको भन्दै उनले यसलाई सानोतिनो विषय नमानी गम्भीरतापूर्वक लिन आग्रह गरेका छन् । अध्यक्ष ओलीको यो भनाइले वर्तमान शासन शैली र सुरक्षा अवस्थाप्रति उहाँको कडा असन्तुष्टि व्यक्त गरेको छ ।


प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?