१५ असार, काठमाडाैँ । पप्पु कन्स्ट्रक्सन कम्पनीका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । राैनियार र उनका छोरा सुमित रौनियारविरूद्ध ठगीको मुद्दा परेको थियो । सोही मुद्दामा जिल्ला अदालत बाँकेले गत वैशाख १० गते उनलाई पक्राउ गर्न आदेश दिएको थियो
१५ असार, सङ्खुवासभा । सङ्खुवासभाको हेंवाखोलामा असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले बेपत्तामध्ये एक जनाको शव अरुण नदी किनारमा फेला परेको छ । टाउको बाहेकको शरीरमात्र फेला परेकाले शव पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज खनालले जानकारी दिए । चैनपुर नगरपालिका–११, दुम्कट्टामा बिहीबार साँझ शव
१५ असार, काठमाडौं । चालक अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू भएसँगै दुई पाङ्ग्रे सवारीसाधनको ट्रायल परीक्षा पास हुने १० प्रतिशतले बढे्का छन् । बागमती प्रदेश सरकारले गरेको निर्णय अनुसार काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले गत फागुनदेखि ट्रायल दिँदा ७० प्रतिशत आए
१५ असार, हेटाैँडा । पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका ११ मा यात्रु बस दुर्घटना हुँदा ३७ जना यात्रु घाइते भएका छन् । नारायणगढबाट जनकपुरका लागि आएको ना ६ ख ९८०४ नम्बरको बस शुक्रबार दिउँसो अनियन्त्रित भएर सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको हो। बस दुर्घटनामा घाइते भएकामध्ये १० जनाको
१५ असार, काठमाडाैँ । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेकाले दायर गरेको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ । सो प्रकरणमा पक्राउ सुधीरकुमार शाहको हकमा अभिषेक विक्रम शाह, धर्मप्रसाद गौतमको हकमा सरोज गौतम र मीनबहादुर गुरुङको हकमा विद्या गुरुङले आफूहरूलाई हदम्याद कटिसकेको मुद्दामा पक्राउ गर्नु अवैध रहेको भन्दै हिरासतबाट
१५ असार, काठमाडाैँ । अदालतकी कर्मचारी प्रेमिका सुब्बा कुटपिटको घटनाप्रति भर्तसना गर्दै आइतबार अदालतका कर्मचारीले पेन डाउन गर्ने भएका छन् । शुक्रबार एक विज्ञप्ती जारी गर्दै विभिन्न कर्मचारी संगठनले बिहान १० बजेदेखि दिउसो १ः ३० बजेसम्म पेनडाउन गर्ने जानकारी दिएका छन् । विज्ञप्तिमा कर्मचारीमाथि कुटपिट गर्ने कानुन व्यवसायी अमिर लामिछानेलाई
१५ असार, काठमाडाैँ । काठमाडौंका विभिन्न सार्वजनिक स्थल र विद्यालयहरुमा धुम्रपान निषेधित क्षेत्र समेटिएको सूचना बोर्ड टाँसिएको छ । सूर्तिजन्य पदार्थ नियन्त्रणको अभियान अन्तर्गत् काठमाडौं उपत्यकाका विद्यालय र सार्वजनिक स्थलहरुमा धुम्रपान निषेधित क्षेत्रको सूचना टाँस गरिएको हो । काठमाडौं, ललीतपुर र भक्तपुर जिल्लाका विभिन्न सार्वजनिक स्थल र विद्यालयहरुक्षेत्रहरुमा धम्रपान तथा
१५ असार, काठमाडाैँ । विशेष अदालतले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्कालाई एक वर्ष तीन महिना कैद सजाय तोकेको छ । गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर गर्दै खड्कालाई उक्त सजाय सुनाइएको हो । विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा शालिग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासले उनको घरजग्गादेखि बैंक
१५ असार, बाँके । कोहलपुरमा पाटेबाघको छाला र हड्डी सहित तीन जना पक्राउ परेका छन् । कोहलपुर ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ बाट बाघको छाला र हड्डीसहित तीन जनालाई पक्राउ गरेको हो । कोहलपुर ईलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी सुन्दर तिवारीका अनुसार पक्राउ पर्नेमा
१५ असार, झापा । झापाको बिर्तामोडमा करेन्ट लागेर आज एक मजदुरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–३ निवासी ४० वर्षीय धनबहादुर राजवंशी रहेका छन् । आज घैलाडुब्बा–बिर्ताबजार सडक खण्डअन्तर्गत बिर्तामोड–२ स्थित कच्छुबारीमा बाटोको प्लम हाल्नका लागि सडकमा जमेको पानी मोटर लगाएर फ्याँक्ने क्रममा राजवंशीलाई करेन्ट