Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

नेपाली कांग्रेस काठमाण्डौं महानगर समतिले आयोजना गर्यो अन्तर महानगर भेला


१२ ,श्रावण ,काठमाडौँ । मुलुक संघियतामा गएको अवस्थामा सो भावना र मर्म अनुरुप तीनै तहका सरकारको भूमिका उत्तिकै महत्वको भएकाले सोही अनुरुप पार्टीका संगठनहरुलाई पूर्ण अधिकारको सुनिच्चितता गर्नुपर्ने भएकाले अन्तर महानगर समितिको भेलाबाट निम्न बमोजिम निर्णयहरु गरियो ।

निर्णयहरु

१. नेपाली कांग्रेसको विधानमा स्थानीय तह पदाधिकारीहरु एवं सदस्यहरुको हाल पार्टीले राखेको मर्यादाक्रम अन्याय र विभेदपूर्ण रहेको ठहर गर्दै संशोधनको लागि केन्द्रीय कार्य समिति, केन्द्रीय सभापति, केन्द्रीय पदाधिकारीहरु एवं केन्द्रीय सदस्यहरुलाई लिखित रुपमा प्रस्तुत गर्ने सर्वसम्मत निर्णय भयो।

२. पार्टीको केन्द्रीय महासमिति / महाधिवेशनमा स्थानीय तहका समितिहरुबाट प्रतिनिधित्व हुने सुनिच्चितका गराउनको लागि विधानमा व्यवस्था गरियोस् भनि माग गर्ने ।

३. स्थानीय तहका समिति अन्तर्गतका वडाहरुमा निर्वाचनमा उम्मेदवार छनौट गर्दा तत् तत् स्थानीय तहको पूर्ण अधिकारको सुनिच्चितताको माग गर्ने।

४. स्थानीय तह समितिको दायित्व र अधिकार पार्टी विधान र नियमावलिमा न्यून र समय सापेक्ष नभएको हुँनाले समय सापेक्ष हुने गरी, पदाधिकारीहरु समेतको काम, कर्तव्य र अधिकार विधानमा व्यवस्था गराउन माग गर्ने।


प्रकाशित मिति: १२ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?