Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

नेपाली कांग्रेस काठमाण्डौं महानगर समतिले आयोजना गर्यो अन्तर महानगर भेला


१२ ,श्रावण ,काठमाडौँ । मुलुक संघियतामा गएको अवस्थामा सो भावना र मर्म अनुरुप तीनै तहका सरकारको भूमिका उत्तिकै महत्वको भएकाले सोही अनुरुप पार्टीका संगठनहरुलाई पूर्ण अधिकारको सुनिच्चितता गर्नुपर्ने भएकाले अन्तर महानगर समितिको भेलाबाट निम्न बमोजिम निर्णयहरु गरियो ।

निर्णयहरु

१. नेपाली कांग्रेसको विधानमा स्थानीय तह पदाधिकारीहरु एवं सदस्यहरुको हाल पार्टीले राखेको मर्यादाक्रम अन्याय र विभेदपूर्ण रहेको ठहर गर्दै संशोधनको लागि केन्द्रीय कार्य समिति, केन्द्रीय सभापति, केन्द्रीय पदाधिकारीहरु एवं केन्द्रीय सदस्यहरुलाई लिखित रुपमा प्रस्तुत गर्ने सर्वसम्मत निर्णय भयो।

२. पार्टीको केन्द्रीय महासमिति / महाधिवेशनमा स्थानीय तहका समितिहरुबाट प्रतिनिधित्व हुने सुनिच्चितका गराउनको लागि विधानमा व्यवस्था गरियोस् भनि माग गर्ने ।

३. स्थानीय तहका समिति अन्तर्गतका वडाहरुमा निर्वाचनमा उम्मेदवार छनौट गर्दा तत् तत् स्थानीय तहको पूर्ण अधिकारको सुनिच्चितताको माग गर्ने।

४. स्थानीय तह समितिको दायित्व र अधिकार पार्टी विधान र नियमावलिमा न्यून र समय सापेक्ष नभएको हुँनाले समय सापेक्ष हुने गरी, पदाधिकारीहरु समेतको काम, कर्तव्य र अधिकार विधानमा व्यवस्था गराउन माग गर्ने।


प्रकाशित मिति: १२ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?