Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

श्रमजीवी पत्रकारका पक्षमा पत्रकार महासङ्घले आन्दोलन गर्ने


१२ ,श्रावण ,काठमाडौँ । नेपाल पत्रकार महासङ्घले श्रमजीवी पत्रकारका पक्षमा आन्दोन गर्ने भएको छ ।

सञ्चारग्राममा आज श्रमजीवी पत्रकारका समस्याका विषयमा आयोजना गरिएको अन्तरक्रियामा पछिल्लो समय श्रमजीवी पत्रकारलाई विभिन्न सञ्चारगृहले न्यूनतम पारिश्रमिक नदिएको तथा सेवाबाट नै हटाउन थालेको उजुरी परेपछि महासङ्घ बाध्य भएर आन्दोनमा उत्रिन लागेको जनाएको छ ।

कार्यक्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले श्रमजीवी पत्रकारका समस्या समाधान गर्न महासङ्घले यही साउन २६ देखि श्रम कार्यालयमा धर्नादिने तथा भदौ १ गते पुराना सम्झौता कार्यान्वयन नभएका तथा श्रमजीवी पत्रकारलाई न्यूनतम पारिश्रमिक नदिने सञ्चार प्रतिष्ठान घराउ गरिने जानकारी दिए ।

यसैगरी महासङ्घले श्रमजीवी पत्रकारको परिश्रमिकका लागि वार्ता, सम्वाद, कानुनी तथा घेराउका कार्यक्रमसँगसँगै लिएर अगाडि बढ्ने जनाएको छ ।

सोही कार्यक्रममा बोल्दै पत्रकार महासङ्घका महासचिव रोशन पुरीले श्रमजीवी पत्रकारको मुद्दामा नेपाल पत्रकार महासङ्घ सधैँ अग्रसर रहने जानकारी गराए । उक्त कार्यक्रममा विभिन्न सञ्चारगृहले पारिश्रमिक नदिएको, बिनाकारण कामबाट निकालेको जस्ता थुप्रै विषयमा पीडितले आफ्ना गुनासा राखेका थिए ।


प्रकाशित मिति: १२ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?