Trending
>>   नेपाली काँग्रेसको पक्षमा देशव्यापी जनलहर, आचारसंहिता पालनामा प्रवक्ता चालिसेको जोड >>   निर्वाचनपछि ‘त्रिशंकु संसद’ को सम्भावना–चार शक्तिबीच मुख्य प्रतिष्पर्धाः संयोजक दाहाल >>   संविधानलाई ट्र्याकमा राख्न चुनाव अनिवार्य शर्त हो, मतदान सम्पन्न गर्न सरकारलाई पूर्ण सहयोग गर्छौंः सभापति… >>   सबै निर्वाचन क्षेत्रमा मतपत्र पुग्योः आयोग >>   कुटनीतिक नियोगका प्रतिनिधिहरूलाई निर्वाचन अवलोकन गर्न दिइने >>   प्रतिनिधि सभा निर्वाचनको तयारी पूराः २ लाख १५ हजार कर्मचारी परिचालन >>   निर्वाचन आयोगद्वारा १६५ वटै निर्वाचन क्षेत्रमा तयारी पूरा, भ्रामक सूचना र दुष्प्रचारविरुद्ध कडाइ >>   दुई अतिवादका विरुद्ध राष्ट्रिय एकताको पक्षमा उभिन अपील गर्दै दाहालले भने– ‘हामी आफ्नै एजेण्डामा चुनाव… >>   आयोगको प्रतिवेदन चुनाव पछि धकेल्नु गलतः पुष्पकमल दाहाल >>   ‘०८२ देखि ८७ सम्मको ५ वर्षलाई स्वर्णिम काल बनाउँछौँ, काँग्रेसले अब देशलाई दुर्घटनामा पर्न दिँदैन’:…
Logo
१५ फाल्गुन २०८२, शुक्रबार
१५ फाल्गुन २०८२, शुक्रबार

श्रमजीवी पत्रकारका पक्षमा पत्रकार महासङ्घले आन्दोलन गर्ने


१२ ,श्रावण ,काठमाडौँ । नेपाल पत्रकार महासङ्घले श्रमजीवी पत्रकारका पक्षमा आन्दोन गर्ने भएको छ ।

सञ्चारग्राममा आज श्रमजीवी पत्रकारका समस्याका विषयमा आयोजना गरिएको अन्तरक्रियामा पछिल्लो समय श्रमजीवी पत्रकारलाई विभिन्न सञ्चारगृहले न्यूनतम पारिश्रमिक नदिएको तथा सेवाबाट नै हटाउन थालेको उजुरी परेपछि महासङ्घ बाध्य भएर आन्दोनमा उत्रिन लागेको जनाएको छ ।

कार्यक्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले श्रमजीवी पत्रकारका समस्या समाधान गर्न महासङ्घले यही साउन २६ देखि श्रम कार्यालयमा धर्नादिने तथा भदौ १ गते पुराना सम्झौता कार्यान्वयन नभएका तथा श्रमजीवी पत्रकारलाई न्यूनतम पारिश्रमिक नदिने सञ्चार प्रतिष्ठान घराउ गरिने जानकारी दिए ।

यसैगरी महासङ्घले श्रमजीवी पत्रकारको परिश्रमिकका लागि वार्ता, सम्वाद, कानुनी तथा घेराउका कार्यक्रमसँगसँगै लिएर अगाडि बढ्ने जनाएको छ ।

सोही कार्यक्रममा बोल्दै पत्रकार महासङ्घका महासचिव रोशन पुरीले श्रमजीवी पत्रकारको मुद्दामा नेपाल पत्रकार महासङ्घ सधैँ अग्रसर रहने जानकारी गराए । उक्त कार्यक्रममा विभिन्न सञ्चारगृहले पारिश्रमिक नदिएको, बिनाकारण कामबाट निकालेको जस्ता थुप्रै विषयमा पीडितले आफ्ना गुनासा राखेका थिए ।


प्रकाशित मिति: १२ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?