Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

पाँच वर्षभित्र त्रिदेशीय नाका बन्छ : प्रमुख सचेतक लेखक


१२ ,श्रावण ,महेन्द्रनगर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कञ्चनपुरको प्रस्तावित दोधारा चादँनीको सुक्खा बन्दरगाहलाई महाकाली करिडोरमार्फत चीनसित जोडेर त्रिदेशीय नाका बनाइने बताएका छन् ।

नेपाली कांग्रेस दोधारा चादँनीको प्रथम नगर सम्मेलन उद्घाटन समारोहमा आज उहाँले सुक्खा बन्दरगाहलाई आगामी पाँच वर्षभित्र नेपाल–भारत र चीनको नाका रुपमा विकास गरिने बताए । “आगामी पाँच वर्षभित्र यो काम गरेरै छाडिन्छ”, नेता लेखकले भने, “यहाँको उद्योग, व्यापार, पर्यटन विकासका लागि पनि यसको आवश्यकता छ ।”

चुनावी प्रतिबद्धता स्मरण गर्दै नेता लेखकले सुक्खा बन्दरगाह बनाउने कुराको आशङ्का नगर्न आग्रह गरे । दोधारा चादँनी सुक्खा बन्दरगाहको काम अघि बढेको बताउँदै उहाँले तीन वर्षभित्र स्थापना हुनेमा विश्वस्त रहन आग्रहसमेत गरे । “प्रधानमन्त्री ज्यूको भारत भ्रमणका बेला भारतकै लगानीमा सुक्खा बन्दरगाह निर्माण गर्ने विषयमा सम्झौता भइसकेको छ”, लेखकले भने, “अहिले बाँकी प्रक्रियागत काम अघि बढाउन हामी निरन्तर खटिएका छौँ ।”

उनले सुक्खा बन्दरगाहको वातावरणीय प्रभाव मुल्याङ्कनलगायतका काम भइसकेको जानकारी दिए । नेता लेखकले विकास र समृद्धिका लागि राजनीतिक दलबीच पनि हातोमालो आवश्यक छ भने । “राजनीति पद, मान र प्रतिष्ठाका लागि मात्र गरे त्यो क्षणिक हुन्छ ।” लेखकले भने, “मुलुकमा शान्ति, शुसासन र स्मृद्धि ल्याउने पार्टी कांग्रेस हो ।”

दोधारा चादँनीमा महाकाली नदी तटबन्ध निर्माण हुँदै दोधारा चादँनी झोलुङ्गे पुलदेखि चार लेनको पक्की पुल बनिसकेको उनको भनाइ थियो । “अझै पनि तटबन्ध निर्माण, यहाँको शैक्षिक विकास र सडकलगायतका पूर्वाधार विकासका काम अघि बढेका छन् ।” उनले भने, “अब सुक्खा बन्दरगाह बन्दैन की भनेर आशङ्का नगर्नुुस् ।”


प्रकाशित मिति: १२ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?