Trending
>>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै
Logo
२४ आश्विन २०८३, शनिबार
२४ आश्विन २०८३, शनिबार

गोरखापत्र संस्थानमा रुपान्तरण र समन्वयको प्रतिफलः वार्षिक नाफा ७२ करोड पुग्यो


१२ ,श्रावण ,काठमाडौँ । गोरखापत्र संस्थानले आर्थिक वर्ष २०७९।८० मा ७२ करोड रुपियाँ आम्दानी गरेको छ । कोभिडको महामारी र अर्थतन्त्रमा देखिएको वैश्विक संकटकै माँझ संस्थानले अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा २६ प्रतिशत आम्दानी वृद्धि गरेको हो ।

संस्थानको अर्थ विभागका अनुसार आर्थिक वर्ष २०७८।७९ मा संस्थानको वार्षिक आम्दानी ५७ करोड भएको थियो । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले आन्तरिक पद्धति र उत्पादनको गुणस्तरमा व्यापक सुधार अभियान अगाडि बढाइएकाले विज्ञापन बजार सुस्ताएका बेला पनि संस्थानले गत आर्थिक वर्षमा तुलनात्मक रुपमा राम्रो सफलता प्राप्त गरेको बताए ।

कार्यकारी अध्यक्ष सुवेदीले सरकारी निकायसँगै निजी क्षेत्रसँगको समन्वय, सहकार्य र विश्वासको वातावरण निर्माण गरी गोरखापत्र संस्थानको व्यापार बृद्धि गरिएको बताए । उनका अनुसार सञ्चार तथा सूचना प्रविधिमन्त्रीको निर्देशन अनुसार संस्थानलाई नवीनतम् ढङ्गले अघि बढाउने लक्ष्य प्राप्तितर्फ संस्थान व्यवस्थापन क्रियाशील छ ।

सुवेदीले संस्थानसँग उपलब्ध पूर्वाधार, जनशक्ति, प्राविधिक एवं भौतिक स्रोतसाधनको प्रभावकारी उपयोग र परिचालन गर्दै ‘स्मार्ट यात्रा’ तर्फ संस्थानको यात्रा उन्मुख भइसकेको बताए । उनले आन्तरिक एवं नीतिगत सुधार तथा आवश्यक पुनर्संरचनासहित गोरखापत्र दैनिक, दी राइजिङ नेपाल, युवामञ्च, मधुपर्क र मुनाको गुणस्तरमा अभिवृद्धि गरी संस्थानलाई सञ्चार क्षेत्रकै एउटा जीवन्त र सशक्त संस्थाका रूपमा विकास गर्न ठोस रणनीति र योजनासहित अघि बढेको बताए ।

कसरी भयो ‘देखिने परिवर्तन’ ?

अहिले पनि धेरै सरकारी संस्थान व्यवस्थापकीय अक्षमताले थलिएका छन् । सुधारका प्रयास सफल हुन सकेका छैनन् । तर गोरखापत्र संस्थानको व्यवस्थापकीय सुधार र डिजिटल युग सुहाउँदो ‘स्मार्ट गोरखापत्र’ को लक्ष्य बोकेर २०७८ असोजमा गोरखापत्र संस्थानको नेतृत्व सम्हालेका कार्यकारी अध्यक्ष सुवेदीले संस्थानलाई समयसापेक्ष रुपमा अघि बढाएका छन् ।

सुवेदीका सारथि छन् महाप्रबन्धक लालबहादुर ऐरी । कार्यकारी अध्यक्ष सुवेदीले लामो समयदेखि परम्परागत ढर्रा र ढाँचामा चल्दै आएको गोरखापत्र र यसका अन्य प्रकाशनलाई ‘डिजिटल सिफ्ट’ गर्नुपर्ने आवश्यकताबोध गरेरै सुधारका प्रयास थालनी गरिएको बताए । ‘गोरखापत्र संस्थानका प्रकाशनहरूमा भिजिबल चेन्ज अर्थात् देखिने परिवर्तन आएको पाठकवर्गबाटै टिप्पणी आउने गरेको छ, हाम्रो कामलाई अझै गुणस्तरीय बनाउन हामी प्रतिवद्ध छौँ,’ उनले भने ।


प्रकाशित मिति: १२ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?