Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

कोशी सरकार उद्धव थापाको नेतृत्वमा निर्माण हुन्छ : नेता डा कोइराला


१२ ,श्रावण ,काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कोशी प्रदेश सरकार उद्धव थापाको नेतृत्वमा गठन हुने विश्वास व्यक्त गरेका छन् ।

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले काम चलाउ मुख्यमन्त्रीको रुपमा रहेका थापा नेकां संसदीय दलका नेतासमेत रहनु भएकाले आगामी सात दिनभित्र उनको नेतृत्वमा गठबन्धन सरकार निर्माण हुने विश्वास व्यक्त गरे ।

नेता कोइरालाले विगतमा आफूले सभामुखले सरकार निर्माणमा हस्ताक्षर गर्नु गलत हो भन्ने कुरा अहिले पुष्टि भएको चर्चा गर्दै नेकां लोकतन्त्रवादी पार्टी भएकाले यसले अन्य राजनीतिक दल यससम्बन्धी पाठ सिकाउने धारणा राखे ।

उनले महासमितिको बैठकको समयमा नीति अधिवेशन गर्ने जानकारी दिँदै अधिवेशनले पार्टीको आर्थिक नीति, मुलुकमा सुशासन, किसानका समस्या समाधान गर्नेजस्ता निर्णय लिने बताए ।

उनले विदेशबाट सुन स्वदेशमा खपतका लागि नभई तस्करीका लागि आउने गरेकाले यसलाई रोकथाम गर्न र यसबाट मुलुकलाई पर्ने आर्थिक नोक्सानी न्यूनीकरण गर्न संसदीय समितिले निर्णय गर्ने विश्वास व्यक्त गरे । नेता डा कोइरालाले नेकां वर्तमान गठबन्धन सरकारलाई बलियो बनाउन प्रतिबद्ध रहेको विचार राखे ।


प्रकाशित मिति: १२ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?