काठमाडौँ। नेपाल राष्ट्र बैंकले (आज) बुधवार ४० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७४ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र
काठमाडौँ। मनाङको हिमपातमा फसेका दुई सय बढी विदेशी पर्यटकसहित नेपाली सेनाले १ हजार ५ सयको उद्धार गरेको छ । कात्तिक १० गतेदेखि भएको भारी हिमपातको कारण मनाङ जिल्लाको तिलिचो, खाङ्गसार, पिसाङ्ग, अप्पर मनाङ तथा हुम्दे इलाकाहरु सहित विभिन्न स्थानमा फसेकाको उद्धार गरेको सेनाले जनाएको छ । सेनाको नयाँ भैरवीदल गुल्मबाट
काठमाडौँ। एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) ले स्वास्थ्यकर्मीको पारिश्रमिक ज्ञान, सीप र अनुभवलाई आधार हुनुपर्ने माग राखेको छ । अफिनले (कार्तिक ११ गते) एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो । स्वास्थ्यकर्मीको पारिश्रमिक सहित अफिनले ७ बुँदे माग राखेको छ । स्वास्थ्य र शिक्षा क्षेत्रलाई राष्ट्रिय
काठमाडौँ। सोलुखुम्बु जिल्लाको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) मनोजित कुँवरले आज बिहान ७ बजेर ५० मिनेट जाँदा अल्फा माइक सेरा कलसाइन भएको अल्टिच्युट एयरको हेलिकप्टर दुर्घटनामा परेको जानकारी दिएका छन् । हेलिकप्टर लोबुचे हेलिप्याडमा अवतरणका क्रममा चिप्लिएर दुर्घटना
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष माधवकुमार नेपाललाई अध्यक्ष पद छाड्न दबाब सिर्जना गरेकी छिन् । झाँक्रीले सामाजिक सञ्जालमा जेन–जीको भावना अनुरुप नेपाललाई पार्टीको अध्यक्ष छोडेर नयाँ नेतृत्व दिन दबाब दिएकी छिन् । उनले भनिन्,‘नेकपा (एस) भित्र यथाशक्य नेतृत्व सम्मानजनक अभिभावकको भुमिका निर्वाह गरी पुस्तान्तरण र हस्तान्तरणको कार्ययोजनासहित
काठमाडौँ। नेत्रविक्रम चन्दको नेतृत्वमा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । मंगलवार पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा आयोगको कार्यालय पुगेका नेताहरुले आयोगमा दल दर्ताको लागि निवेदन दिएका छन् । नेताहरुले पार्टीहरुको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न प्रश्ताव गरेका छन् । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई निवेदन बुझाउँदै
एजेन्सी। पल बियाले ५३.६६ प्रतिशत मत प्राप्त गर्दै आठौं कार्यकालका लागि क्यामरुनको राष्ट्रपतिमा पुनः निर्वाचित भएका छन् । देशको संवैधानिक परिषद्ले सोमवार यो घोषणा गरेको हो । क्यामरुन राष्ट्रिय मुक्ति मोर्चाका उम्मेदवार इस्सा त्चिरोमा बाकारीले ३५.१९ प्रतिशत मत प्राप्त गरी दोस्रो स्थान हासिल गरेका छन् । ८० लाखभन्दा बढी दर्ता
काठमाडौँ। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियानलाई तिब्र बनाउन बनाउनुभएको ऐतिहासिक नुवाकोट दरबार (साततले दरबार) को पुनर्निर्माण कार्य अझै जारी छ । २०७२ को विनाशकारी भूकम्पले आधिक क्षति पुर्याएको यो सम्पदाको पुनस्र्थापनाका लागि नेपाल र चीन सरकारबीच भएको सम्झौतापछि चिनियाँ टोलीले आर्थिक वर्ष २०८०/८१ मा नै काम थालेको छ ।
काठमाडौँ। गैरआवासी नेपाली संघ (एनआरएन)ले ट्राफिक प्रहरी कन्ट्रोल रुम पुनर्निर्माण गरिदिएको छ । जेन–जी आन्दोलनले ध्वस्त बनाएको सो कन्ट्रोल रुम पुनर्निर्माण गरी मंगलार एक कार्यक्रमका बीच एनआरएनएका उपाध्यक्ष महेशकुमार श्रेष्ठले प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई हस्तान्तरण गरेका छन् । काठमाडौंको रामशाह पथमा रहेको सो ट्राफिक कन्ट्रोल रुम जेन–जी आन्दोलनको क्रममा
काठमाडौँ। नेपालको प्रशासकीय केन्द्र सिंहदरबारमा तिहार र छठ पर्वको लामो बिदापछि मङ्गलवारदेखि चहलपहल बढेको छ । पर्व मनाउन गाउँघर फर्किएका कर्मचारीहरू काममा फर्किएसँगै सार्वजनिक सेवा प्रवाह नियमित रूपमा शुरु भएको हो । सिंहदरबारका मुख्य सचिवालय, मन्त्रालयहरू र विभिन्न विभागहरूमा बिहानैदेखि कर्मचारीहरूको आवतजावत बढेको देखिन्छ । तिहार पर्वको भाईटीकादेखि छठ पर्वसम्म