Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना


काठमाडौँ। सोलुखुम्बु जिल्लाको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) मनोजित कुँवरले आज बिहान ७ बजेर ५० मिनेट जाँदा अल्फा माइक सेरा कलसाइन भएको अल्टिच्युट एयरको हेलिकप्टर दुर्घटनामा परेको जानकारी दिएका छन् । हेलिकप्टर लोबुचे हेलिप्याडमा अवतरणका क्रममा चिप्लिएर दुर्घटना भएको डिएसपी कुँवरले बताए ।

हेलिकप्टरमा पाइलट विवेक खड्कामात्र रहेका थिए । पाइलट खड्कालाई कैलाश हेलिकप्टरमार्फत उद्दार गरी लुक्ला लगिएको डिएसपी कुँवरले बताए । उनको स्वास्थ्यअवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?