Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

नेपाल एकीकरण इतिहासको जीवन्त साक्षी नुवाकोट दरबार पुनर्निर्माणको नयाँ अध्याय (फोटो फिचर)


काठमाडौँ। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियानलाई तिब्र बनाउन बनाउनुभएको ऐतिहासिक नुवाकोट दरबार (साततले दरबार) को पुनर्निर्माण कार्य अझै जारी छ ।

२०७२ को विनाशकारी भूकम्पले आधिक क्षति पुर्याएको यो सम्पदाको पुनस्र्थापनाका लागि नेपाल र चीन सरकारबीच भएको सम्झौतापछि चिनियाँ टोलीले आर्थिक वर्ष २०८०/८१ मा नै काम थालेको छ । नुवाकोट दरबारलाई साततले दरबार पनि भनिन्छ । काठमाडौंबाट करिव ७५ किलोमिटर उत्तर–पश्चिममा अवस्थित यो दरबार वि.सं. १८१९ मा पृथ्वीनारायण शाहले ललितपुरका कालिगढहरूलाई लगाएर निर्माण गर्नुभएको थियो । मल्ल शैलीको वास्तुकलामा बनेको यो दरबार नौतले संरचना थियो । जसलाई नब्बे सालको भूकम्पले सात तले बनाइदियो ।

भूकम्पपछि दरबारको मुख्य भवनका साथै रङ्गमहल, गरढघर, तलेजु भवानी मन्दिर, सेतोपाटी, लाम्पाटी र विष्णु मन्दिर जस्ता संरचनाहरू ध्वस्त भएका थिए । पर्यटकहरूलाई प्रवेशमा प्रतिवन्ध लगाइएको थियो । स्थानीयहरूले वर्षौंसम्म यसको संरक्षणको माग गर्दै आएका थिए । चीन सरकारको सहयोगमा नुवाकोट दरबार संरक्षण कार्यालयले पहिलो चरणमा दरबारको मुख्य द्वारबाट नै काम शुरु गरेको छ । अहिले काम धमाधम भएपनि सम्पन्न भइसकेको छैन । चिनियाँ प्राविधिक टोलीले स्काफोल्डिङ राखेर निर्माण सामग्री भण्डारणका लागि दुईवटा झुपडी बनाएका छन् । दरबारको मौलिकता कायम राख्दै गरढघर र रङ्गमहलको पुनर्निर्माण प्राथमिकतामा छ । यसपछि तलेजु मन्दिर, सेतोपाटी र विष्णु मन्दिरहरूको पालना हुनेछ । पुनर्निर्माण सम्पन्न भएपछि यो क्षेत्रलाई पर्यटकीय हब बनाउन सकिन्छ । नुवाकोट दरबार नेपालको एकीकरण इतिहासको जीवन्त साक्षी हो । यसको पुनस्र्थापनाले सांस्कृतिक धरोहर मात्र होइन पर्यटन अर्थतन्त्रलाई पनि बलियो बनाउनेछ ।

स्थानीय, सरकार र अन्तर्राष्ट्रिय साझेदारहरूको सहकार्यमा यो कार्य छिट्टै सम्पन्न होस् भन्ने अपेक्षा सबैको छ ।


प्रकाशित मिति: ११ कार्तिक २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?