Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

क्यामरुनको राष्ट्रपतिमा ९२ वर्षीय पल बिया पुनः निर्वाचित


एजेन्सी। पल बियाले ५३.६६ प्रतिशत मत प्राप्त गर्दै आठौं कार्यकालका लागि क्यामरुनको राष्ट्रपतिमा पुनः निर्वाचित भएका छन् । देशको संवैधानिक परिषद्ले सोमवार यो घोषणा गरेको हो ।

क्यामरुन राष्ट्रिय मुक्ति मोर्चाका उम्मेदवार इस्सा त्चिरोमा बाकारीले ३५.१९ प्रतिशत मत प्राप्त गरी दोस्रो स्थान हासिल गरेका छन् । ८० लाखभन्दा बढी दर्ता भएका मतदाताहरूमध्ये ४६ लाखभन्दा बढी क्यामरुनवासीहरूले मतदान गरेका थिए । जसले गर्दा मतदान दर ५७.७६ प्रतिशत पुगेको छ । जुन २०१८ मा ५३.८५ प्रतिशत र २०११ मा ६५.८२ प्रतिशत थियो । अन्तिम नतिजा घोषणा गर्दा संवैधानिक परिषद्का अध्यक्ष क्लेमेन्ट अटांगानाले चुनाव स्वतन्त्र र निष्पक्ष भएको बताए । १९८२ देखि सत्तामा रहेका ९२ वर्षीय बियाले क्यामरुन जनवादी आन्दोलनको नेतृत्व गर्दै आएका छन् । उनि अब अर्को सात वर्षको कार्यकालको लागि देशमा शासन गर्ने तयारीमा छन् ।

स्थानीय सञ्चारमाध्यमले रिपोर्ट गरेअनुसार राजधानी याउन्डे र व्यावसायिक राजधानी डुआलामा सुरक्षा कडा पारिएको थियो । जहाँ आईतवार सुरक्षा बलले चार प्रदर्शनकारीहरूलाई गोली हानी मारेको थियो । विपक्षी समर्थकहरू चुनावी धाँधली भनिएको विरोधमा सडकमा उत्रिएका थिए । संविधान अनुसार नवनिर्वाचित राष्ट्रपतिले नतिजाको आधिकारिक घोषणा भएको १५ दिन भित्र शपथ लिनुपर्छ । संसद, संवैधानिक परिषद् र सर्वोच्च अदालतका सदस्यहरूको उपस्थितिमा क्यामरूनियन जनताको अगाडि शपथ ग्रहण समारोह हुनेछ ।


प्रकाशित मिति: ११ कार्तिक २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?