Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

क्यामरुनको राष्ट्रपतिमा ९२ वर्षीय पल बिया पुनः निर्वाचित


एजेन्सी। पल बियाले ५३.६६ प्रतिशत मत प्राप्त गर्दै आठौं कार्यकालका लागि क्यामरुनको राष्ट्रपतिमा पुनः निर्वाचित भएका छन् । देशको संवैधानिक परिषद्ले सोमवार यो घोषणा गरेको हो ।

क्यामरुन राष्ट्रिय मुक्ति मोर्चाका उम्मेदवार इस्सा त्चिरोमा बाकारीले ३५.१९ प्रतिशत मत प्राप्त गरी दोस्रो स्थान हासिल गरेका छन् । ८० लाखभन्दा बढी दर्ता भएका मतदाताहरूमध्ये ४६ लाखभन्दा बढी क्यामरुनवासीहरूले मतदान गरेका थिए । जसले गर्दा मतदान दर ५७.७६ प्रतिशत पुगेको छ । जुन २०१८ मा ५३.८५ प्रतिशत र २०११ मा ६५.८२ प्रतिशत थियो । अन्तिम नतिजा घोषणा गर्दा संवैधानिक परिषद्का अध्यक्ष क्लेमेन्ट अटांगानाले चुनाव स्वतन्त्र र निष्पक्ष भएको बताए । १९८२ देखि सत्तामा रहेका ९२ वर्षीय बियाले क्यामरुन जनवादी आन्दोलनको नेतृत्व गर्दै आएका छन् । उनि अब अर्को सात वर्षको कार्यकालको लागि देशमा शासन गर्ने तयारीमा छन् ।

स्थानीय सञ्चारमाध्यमले रिपोर्ट गरेअनुसार राजधानी याउन्डे र व्यावसायिक राजधानी डुआलामा सुरक्षा कडा पारिएको थियो । जहाँ आईतवार सुरक्षा बलले चार प्रदर्शनकारीहरूलाई गोली हानी मारेको थियो । विपक्षी समर्थकहरू चुनावी धाँधली भनिएको विरोधमा सडकमा उत्रिएका थिए । संविधान अनुसार नवनिर्वाचित राष्ट्रपतिले नतिजाको आधिकारिक घोषणा भएको १५ दिन भित्र शपथ लिनुपर्छ । संसद, संवैधानिक परिषद् र सर्वोच्च अदालतका सदस्यहरूको उपस्थितिमा क्यामरूनियन जनताको अगाडि शपथ ग्रहण समारोह हुनेछ ।


प्रकाशित मिति: ११ कार्तिक २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?