Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

विप्लप नेतृत्वमा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन, ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राख्न प्रश्ताव


काठमाडौँ। नेत्रविक्रम चन्दको नेतृत्वमा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ ।

मंगलवार पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा आयोगको कार्यालय पुगेका नेताहरुले आयोगमा दल दर्ताको लागि निवेदन दिएका छन् । नेताहरुले पार्टीहरुको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न प्रश्ताव गरेका छन् । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई निवेदन बुझाउँदै प्रवक्ता विश्वकर्माले संसदीय राजनीतिमा सहभागी हुन दल दर्ता प्रक्रिया अगाडि बढाएको बताए । उनले नेपालको उन्नति र प्रगतिका साथै मुलुकमा रहेका सम्भावनाहरुलाई यथार्थमा बदल्न नेकपाले निर्वाचनमा सहभागि हुने कुराले विषेश स्थान राख्ने दाबी पनि गरेका छन् । उनले अहिले अवस्थामा निर्वाचन सम्पन्न गर्नु चुनौतीपूर्ण रहेको भन्दै तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न आफ्नो निर्वाचन आयोगलाई पूर्ण सहयोग गर्ने विश्वास पनि दिलाएका छन् ।

उनले भने, ‘हामीले आज निर्वाचन आयोगमा जसरी पार्टी दर्ता गर्ने प्रक्रिया सुरु गरेका छौं यसले मुलुकमा विद्यमान समस्या समाधानको निम्ति र नेपाली जनताको चाहाना तथा मुलुकका अगाडि रहेका सम्भावनाहरुलाई यथार्थमा बदल्नका निम्ति नेपाल कम्युनिष्ट पार्टीले लिएको यो स्टेप र निर्वाचन प्रक्रियामा सहभागि हुने कुराले विशेष स्थान राख्नेछ । र ऐतिहासिक हुनेछ । अहिलेको अवस्थामा निर्वाचन आयोग आफैंले पनि अहिलेको अवस्थामा निर्वाचन सम्पन्न गर्ने कुरा चुनौतीपूर्ण ठानेको छ । यसकारण तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नको लागि पार्टीको तर्फबाट पुर्ण रुपमा सहयोग हुनेछ । पार्टीले कुनैपनि कसर नरहनेगरी निर्वाचन सम्पन्न गर्ने सम्बन्धमा मद्दत हुनेछ भन्ने विश्वास पनि दिलाउन चाहान्छौं ।’

जनताको मुक्ति र मुलुकको समृद्धिको लागि नेकपा लामो समयदेखि क्रियाशील रहेको स्मरण गर्दै उनले नेपालको संसदीय राजनीतिमार्फ मुलुकको विकासका लागि पार्टी सधैं क्रियाशील रहिरहने समेत बताएका छन् ।


प्रकाशित मिति: ११ कार्तिक २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?