Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

विप्लप नेतृत्वमा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन, ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राख्न प्रश्ताव


काठमाडौँ। नेत्रविक्रम चन्दको नेतृत्वमा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ ।

मंगलवार पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा आयोगको कार्यालय पुगेका नेताहरुले आयोगमा दल दर्ताको लागि निवेदन दिएका छन् । नेताहरुले पार्टीहरुको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न प्रश्ताव गरेका छन् । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई निवेदन बुझाउँदै प्रवक्ता विश्वकर्माले संसदीय राजनीतिमा सहभागी हुन दल दर्ता प्रक्रिया अगाडि बढाएको बताए । उनले नेपालको उन्नति र प्रगतिका साथै मुलुकमा रहेका सम्भावनाहरुलाई यथार्थमा बदल्न नेकपाले निर्वाचनमा सहभागि हुने कुराले विषेश स्थान राख्ने दाबी पनि गरेका छन् । उनले अहिले अवस्थामा निर्वाचन सम्पन्न गर्नु चुनौतीपूर्ण रहेको भन्दै तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न आफ्नो निर्वाचन आयोगलाई पूर्ण सहयोग गर्ने विश्वास पनि दिलाएका छन् ।

उनले भने, ‘हामीले आज निर्वाचन आयोगमा जसरी पार्टी दर्ता गर्ने प्रक्रिया सुरु गरेका छौं यसले मुलुकमा विद्यमान समस्या समाधानको निम्ति र नेपाली जनताको चाहाना तथा मुलुकका अगाडि रहेका सम्भावनाहरुलाई यथार्थमा बदल्नका निम्ति नेपाल कम्युनिष्ट पार्टीले लिएको यो स्टेप र निर्वाचन प्रक्रियामा सहभागि हुने कुराले विशेष स्थान राख्नेछ । र ऐतिहासिक हुनेछ । अहिलेको अवस्थामा निर्वाचन आयोग आफैंले पनि अहिलेको अवस्थामा निर्वाचन सम्पन्न गर्ने कुरा चुनौतीपूर्ण ठानेको छ । यसकारण तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नको लागि पार्टीको तर्फबाट पुर्ण रुपमा सहयोग हुनेछ । पार्टीले कुनैपनि कसर नरहनेगरी निर्वाचन सम्पन्न गर्ने सम्बन्धमा मद्दत हुनेछ भन्ने विश्वास पनि दिलाउन चाहान्छौं ।’

जनताको मुक्ति र मुलुकको समृद्धिको लागि नेकपा लामो समयदेखि क्रियाशील रहेको स्मरण गर्दै उनले नेपालको संसदीय राजनीतिमार्फ मुलुकको विकासका लागि पार्टी सधैं क्रियाशील रहिरहने समेत बताएका छन् ।


प्रकाशित मिति: ११ कार्तिक २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?