Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

सिंहदरबारमा बढ्यो चहलपहल


काठमाडौँ। नेपालको प्रशासकीय केन्द्र सिंहदरबारमा तिहार र छठ पर्वको लामो बिदापछि मङ्गलवारदेखि चहलपहल बढेको छ ।

पर्व मनाउन गाउँघर फर्किएका कर्मचारीहरू काममा फर्किएसँगै सार्वजनिक सेवा प्रवाह नियमित रूपमा शुरु भएको हो । सिंहदरबारका मुख्य सचिवालय, मन्त्रालयहरू र विभिन्न विभागहरूमा बिहानैदेखि कर्मचारीहरूको आवतजावत बढेको देखिन्छ । तिहार पर्वको भाईटीकादेखि छठ पर्वसम्म सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा थियो । तिहारपछि आईतवार एक दिन मात्र कार्यालय खुला भएपनि उक्त दिन सिंहदरबार सुनसान जस्तै थियो । अधिकांश कर्मचारीहरू अझै पर्वको रमझममा व्यस्त रहेकाले उपस्थिति न्युन छ । सोमवार छठ पर्वको सार्वजनिक बिदा परेकाले कार्यालयहरू बन्द रहे ।  तर मङ्गलवारदेखि भने पूर्णरूपमा कार्यालय सञ्चालनमा आएका छन् ।

आज भने सिंहदरबार परिसरमा बिहान १० बजेदेखि नै कर्मचारीहरूको चहल पहल बढेको छ । गेटहरूमा सुरक्षाकर्मीहरूको जाँच, पार्किङ क्षेत्रमा सवारीसाधनहरूको लाइन र कार्यालय भवनहरूमा फाइलहरू बोकेर हिँडडुल गर्ने कर्मचारीहरूको दृश्यले प्रशासकीय गतिविधि फेरि तिब्र भएको संकेत गर्छ ।


प्रकाशित मिति: ११ कार्तिक २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?