Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

एनआरएनएद्वारा ट्राफिक कन्ट्रोल रुम पुनर्निर्माण गरी हस्तान्तरण


काठमाडौँ। गैरआवासी नेपाली संघ (एनआरएन)ले ट्राफिक प्रहरी कन्ट्रोल रुम पुनर्निर्माण गरिदिएको छ ।

जेन–जी आन्दोलनले ध्वस्त बनाएको सो कन्ट्रोल रुम पुनर्निर्माण गरी मंगलार एक कार्यक्रमका बीच एनआरएनएका उपाध्यक्ष महेशकुमार श्रेष्ठले प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई हस्तान्तरण गरेका छन् । काठमाडौंको रामशाह पथमा रहेको सो ट्राफिक कन्ट्रोल रुम जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरिएको थियो । विपद्मा परेका बेला मात्रृभूमिलाई सहयोग गर्नुपर्ने दायित्व अन्तरगत सो कन्ट्रोल रुम पुनर्निर्माण गरी हस्तान्तरण गरिएको एनआरएनएका उपाध्यक्ष श्रेष्ठले बताए । उनले सो रुम दीर्घकालसम्म सञ्चालनमा आउने गरी पुनर्निर्माणको काम गरिएको पनि उनले जानकारी दिएका छन् ।

उपाध्यक्ष श्रेष्ठले भने, ‘यस कन्ट्रोल रुममा केवल सुधारको पक्ष मात्रै होइन, सस्टेनविलीटी, अपरेटरको सहजतालाई ध्यानमा राखेका निर्माण गरेका छौं । यस परियोजनामा जडित भएका सबै उपकरणहरु दीर्घकालसम्मलाई ध्यानमा राखेर व्यवस्थापन गरिएको छ । विश्वका विकसित सहरहरुको ट्राफिक व्यवस्थापनले धेरै कुरा सिकाएको छ । सिंगापुर, दुबई, लण्डन जस्ता शहरहरुमा स्मार्ट टाफ्रिक प्रहरी म्यानेजमेन्ट सिष्टम लागू भइसकेको छ । नेपालमा पनि त्यो सिष्टम लागुपर्ने छ ।’

कार्यक्रममा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले सो रुम पुनर्निर्माण गरी हस्तान्तरण गरिदिएकोमा गैरआवासीय नेपाली संघप्रति आभार व्यक्त गरे । उनले मातृभूमिप्रतिको मायाको रुपमा सो काम भएको समेत उल्लेख गरेका छन् ।

प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले भने, ‘म गैर आवासीय नेपाली सँगलाई यो काम सम्पन्न गरिदिनुभएकोमा हृदयदेखि नै आभार व्यक्त गर्दछु । यो मुलुक बाहिर भन्दा मुलुकको अझ धेरै चासो र चिन्ता गर्नुभएको छ । मुलुक छोडेपछि मुलुकको चिन्ता र चासो अझ बढी हुन्छ । यही भावका साथ यो मातृभूमिप्रतिको उहाँहरुको माया प्रदर्शन भएको रुपमा यो कार्यलाई लिएका छौ । यसका लागि फेरि पनि संवद्ध सबै पक्षलाई धेरै धन्यवाद ।’

सो कन्ट्रोल रुमबाट काठमाडांै, ललितपुर र भक्तपुर काठमाडौं उपत्यकाका ३ वटै जिल्लाको ट्राफिक व्यवस्थापनको काम हुने गर्दछ । त्यसको पुनर्निर्माण कार्यले ट्राफिक व्यवस्थापनको काममा धेरै ठूलो सहजता प्राप्त भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: ११ कार्तिक २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?