Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

एनआरएनएद्वारा ट्राफिक कन्ट्रोल रुम पुनर्निर्माण गरी हस्तान्तरण


काठमाडौँ। गैरआवासी नेपाली संघ (एनआरएन)ले ट्राफिक प्रहरी कन्ट्रोल रुम पुनर्निर्माण गरिदिएको छ ।

जेन–जी आन्दोलनले ध्वस्त बनाएको सो कन्ट्रोल रुम पुनर्निर्माण गरी मंगलार एक कार्यक्रमका बीच एनआरएनएका उपाध्यक्ष महेशकुमार श्रेष्ठले प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई हस्तान्तरण गरेका छन् । काठमाडौंको रामशाह पथमा रहेको सो ट्राफिक कन्ट्रोल रुम जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरिएको थियो । विपद्मा परेका बेला मात्रृभूमिलाई सहयोग गर्नुपर्ने दायित्व अन्तरगत सो कन्ट्रोल रुम पुनर्निर्माण गरी हस्तान्तरण गरिएको एनआरएनएका उपाध्यक्ष श्रेष्ठले बताए । उनले सो रुम दीर्घकालसम्म सञ्चालनमा आउने गरी पुनर्निर्माणको काम गरिएको पनि उनले जानकारी दिएका छन् ।

उपाध्यक्ष श्रेष्ठले भने, ‘यस कन्ट्रोल रुममा केवल सुधारको पक्ष मात्रै होइन, सस्टेनविलीटी, अपरेटरको सहजतालाई ध्यानमा राखेका निर्माण गरेका छौं । यस परियोजनामा जडित भएका सबै उपकरणहरु दीर्घकालसम्मलाई ध्यानमा राखेर व्यवस्थापन गरिएको छ । विश्वका विकसित सहरहरुको ट्राफिक व्यवस्थापनले धेरै कुरा सिकाएको छ । सिंगापुर, दुबई, लण्डन जस्ता शहरहरुमा स्मार्ट टाफ्रिक प्रहरी म्यानेजमेन्ट सिष्टम लागू भइसकेको छ । नेपालमा पनि त्यो सिष्टम लागुपर्ने छ ।’

कार्यक्रममा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले सो रुम पुनर्निर्माण गरी हस्तान्तरण गरिदिएकोमा गैरआवासीय नेपाली संघप्रति आभार व्यक्त गरे । उनले मातृभूमिप्रतिको मायाको रुपमा सो काम भएको समेत उल्लेख गरेका छन् ।

प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले भने, ‘म गैर आवासीय नेपाली सँगलाई यो काम सम्पन्न गरिदिनुभएकोमा हृदयदेखि नै आभार व्यक्त गर्दछु । यो मुलुक बाहिर भन्दा मुलुकको अझ धेरै चासो र चिन्ता गर्नुभएको छ । मुलुक छोडेपछि मुलुकको चिन्ता र चासो अझ बढी हुन्छ । यही भावका साथ यो मातृभूमिप्रतिको उहाँहरुको माया प्रदर्शन भएको रुपमा यो कार्यलाई लिएका छौ । यसका लागि फेरि पनि संवद्ध सबै पक्षलाई धेरै धन्यवाद ।’

सो कन्ट्रोल रुमबाट काठमाडांै, ललितपुर र भक्तपुर काठमाडौं उपत्यकाका ३ वटै जिल्लाको ट्राफिक व्यवस्थापनको काम हुने गर्दछ । त्यसको पुनर्निर्माण कार्यले ट्राफिक व्यवस्थापनको काममा धेरै ठूलो सहजता प्राप्त भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: ११ कार्तिक २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?