Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

समाचार


आर्थिक अवस्था कमजोर भइ उपचार गर्न नसकेका मगरलाई सुनिल शर्माको सहयोग

काठमाडौँ। काँग्रेस नेता डा. सुनिल शर्माले मोरङको सुन्दरहरैंचा नगरपालिका–११ सुकुम्वासी बस्तीका विपन्न भीमबहादुर मगरलाई आर्थिक सहयोग गरेका छन् । मोरङ जिल्ला, सुन्दरहरैंचा नगरपालिका–११ सुकुम्वासी बस्तीका विपन्न तथा बिरामी मगरलाई पूर्वसांसद शर्माले आर्थिक तथा उपचार सहयोग प्रदान गरेका हुन् । केही महिनादेखि क्यान्सर रोगबाट पीडित रहेका मगर आर्थिक अभावका कारण उपचार

चलचित्रकर्मीहरु भन्छन्ः ‘विधेयकले चलचित्र क्षेत्र नै बुझ्न सकेन’

काठमाडौँ। राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा छलफल भइरहेको चलचित्रसम्बन्धी विधेयकलाई चलचित्रकर्मीहरुले परिमार्जन गर्नुपर्नेमा जोड दिएका छन्  । समितिमा विहीवार भएको छलफलमा सहभागी चलचित्रकर्मीहरुले विधेयक समयसापेक्ष नभएको भन्दै परिमार्जनको आवश्यकता औल्याउदै  विधेयकले चलचित्र क्षेत्रलाई नै बुझ्न नसकेको आरोप लगाएका छन्  । चलचित्र निर्देशक मनोज पण्डितले विधेयकले सिनेमाको सिर्जनालाई अझै पनि पुरानै

सिमरामा जारी युवाहरुको आन्दोलन शुक्रवार १० बजेसम्मका लागि स्थगित

बारा । बाराको सिमरामा जारी युवाहरुको आन्दोलन शुक्रवार १० बजेसम्मका लागि स्थगित भएको छ । नेकपा एमाले निकट युवा संघका कार्यकर्तालाई कारवाहीको माग गर्दै आन्दोलनमा उत्रिएका सिमराका युवाहरुले बिहीवार पनि आन्दोलन जारी राखेका थिए । बिहीवार अपरान्हदेखि शुक्रवार १० बजेसम्मलाई आन्दोलन स्थगन गरेका हुन् । युवा संघका ८ जना नेता

आगामी निर्वाचनमा सेना परिचालन गर्न सुरक्षा परिषद्को सिफारिस

काठमाडौँ। राष्ट्रिय सुरक्षा परिषद्को बैठकले राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदन (आ.व.०८१/८२) को मस्यौदा आवश्यक संशोधनसहित स्वीकृत गरेको छ । बिहीवार सिंहदरबारमा  बसेको सुरक्षा परिषद्को बैठकले यो निर्णय गरेको हो । बैठकले नेपालको संविधानको भाग २८ को धारा २६६ को उपधारा (३) बमोजिम राष्ट्रपति रामचन्द्र पौडेल समक्षा उक्त मस्यौदा पेश

नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीबीच एकता अन्तिम चरणमा

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबीच एकीकरण अन्तिम चरणमा पुगेको छ । बिहीवार पेरिसडाँडामा भएको पार्टीहरुको कार्यदलस्तरीय वार्तामा एकताका लागि सहमति जुटेको नेता प्रकाश ज्वालाले जानकारी दिएका छन् । छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एकताका लागि दुवै पार्टीबीच राजनीतिक र सैद्धान्तिक सहमति जुटेको बताए ।

सरकार र बञ्चरे डाँडाका स्थानीयहरुबीच ११ बुँदे सहमति

काठमाडौँ। सरकार र बञ्चरे डाँडाका स्थानीयहरुबीच ११ बुँदे सहमति भएको छ । बिहीवार सिंहदरबारमा भएको सरकार र बञ्चरेडाँडाका स्थानीयबीचको छलफल ११ बुँदे सहमतिसहित टुंगिएको हो । सरकार र स्थानीयबीच भएको सहमतिमा स्थानीय जनतालाई विगतमा चलाइएको मुद्दाहरुको सम्बन्धमा तत्काल निर्णय गरी पत्राचार गर्ने, इआइए प्रतिवेदन छिटो तयार गर्नको कन्सलटेन्ट कम्पनीलाई पत्राचार

ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छः घनश्याम भुसाल

काठमाडौँ। पूर्वमन्त्री एवं नेता घनश्याम भुसालले आगामी निर्वाचनका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली एकमात्र वाधक रहेको टिप्पणी गरेका छन् उनले अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधि सभा निर्वाचन अन्य कुनै कारणले रोक्नुपर्ने वा सार्नुपर्ने कारण नरहेको बताएका छन् । अन्तरिम सरकारले प्रतिनिधि सभा सदस्य निर्वाचन आगामी फागुन २१ गतेका

‘भारतले नेपालबाट थप बिजुली लैजान खोज्दैछ, उत्पादनमा लागौं’

काठमाडौँ।स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपाल र भारतबीच ट्रान्समिसन लाइन निर्माणका लागि पछिल्ला दिनमा भइरहेका प्रयासहरु सकारात्मक रहेको बताउँदै यसबाट भारतले थप बिजुली लैजान खोजेको बताएका छन् । भारत सरकारले नेपालसँग प्रशारण सञ्जाल विस्तार गर्न चासो देखाउनु, भविष्यमा नेपालबाट बिजुली आयात गर्न तयार हुँदै गएको संकेतका

५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन

काठमाडौँ।जेन–जी आन्दोलनको क्रममा भदौ २४ गते फरार भएका कैदीबन्दीहरुमध्ये अझै ५ हजार १३ जना फरार रहेको गृह मन्त्रालयले जनाएको छ । बिहीवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै गृहमन्त्री ओमप्रकाश अर्यालले यस्तो जानकारी दिएका हुन् । उनकाअनुसार जेन–जी आन्दोलनको क्रममा १४ हजार ५ सय

गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्, सरकार निर्वाचनलाई मात्रै टार्गेट बनाएर हिँड्योः सुदन गुरुङ

काठमाडौँ। जेन–जी प्रतिनिधि सुदन गुरुङले अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जीका माग पूरा गर्न नसक्ने बताएका छन् । बिहीवार निर्वाचन आयोगमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा गुरुङले आफूहरु ०८४ को निर्वाचन ०८२ मा सार्न मात्रै नलडेको बताएका छन् । उनले आफ्ना मागहरु पूरा नभइकन निर्वाचनमा नजाने उद्घोष गर्दै शहीद, घाईतेका मागहरु पूरा हुनुपर्ने

सम्वन्धित समाचारहरु