Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्, सरकार निर्वाचनलाई मात्रै टार्गेट बनाएर हिँड्योः सुदन गुरुङ


काठमाडौँ। जेन–जी प्रतिनिधि सुदन गुरुङले अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जीका माग पूरा गर्न नसक्ने बताएका छन् ।

बिहीवार निर्वाचन आयोगमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा गुरुङले आफूहरु ०८४ को निर्वाचन ०८२ मा सार्न मात्रै नलडेको बताएका छन् । उनले आफ्ना मागहरु पूरा नभइकन निर्वाचनमा नजाने उद्घोष गर्दै शहीद, घाईतेका मागहरु पूरा हुनुपर्ने बताए । सरकारले निर्वाचनलाई गन्तव्य बनाएर हिँडिरहेको भन्दै जेन जी आन्दोलनले न्याय पाउनुपर्ने माग उनले गरेका छन् ।

उनले भने, ‘हामी चुनावमा जाँदैनौँ । हामी यो ०८४ को चुनाव ०८२ मा सार्नलाई लडेको पनि होइन । यति धेरै मान्छे घाइते, शहीद भएका छन् । गृहमन्त्री ओमप्रकाश अर्याले धोका दिनुभयो । अहिले आएर चुनावमा जान्छौँ, यसको टार्गेट चुनाव मात्रै हो भन्नुहुन्छ, घाइतेको सम्बोधन गर्नुपर्नेछ । न्याय नपाएसम्म हामी कहाँ चुनावमा जान्छौँ । हाम्रा प्रतिवद्धता पूरा हुन् । हामीले न्याय पाएका छैनौँ । उहाँले न्याय दिने आशा छैन ।’

उनले नेपाल सरकारको मात्रै हो भन्ने गलत भाष्य निर्माण गरिएको भन्दै आपत्ति जनाए । हरेक नेपालीहरु देश बनाउन आउनुपर्ने बताएका छन् ।


प्रकाशित मिति: २७ कार्तिक २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?