Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीबीच एकता अन्तिम चरणमा


काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबीच एकीकरण अन्तिम चरणमा पुगेको छ ।

बिहीवार पेरिसडाँडामा भएको पार्टीहरुको कार्यदलस्तरीय वार्तामा एकताका लागि सहमति जुटेको नेता प्रकाश ज्वालाले जानकारी दिएका छन् । छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एकताका लागि दुवै पार्टीबीच राजनीतिक र सैद्धान्तिक सहमति जुटेको बताए । उनकाअनुसार एकता प्रक्रियालाई अन्तिम रुप दिन शुक्रवार फेरी कार्यदलस्तरीय छलफल हुनेछ ।

उनले भने, ‘नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टीका बिचमा हामीले वार्ता कार्यदलस्तरमा घनिभूत छलफल गर्यौं । हिजो हामीले राजनीतिक र सैद्धान्तिक विषयमा अलि बढी छलफल गरेका थियौँ । संगठनात्मक विषयमा समेत छलफल गरेका थियौं भने आज अलि यसलाई निष्कर्षमा पुर्याउने किसिमले छलफल गर्यौं । र आज हामीले सहमतिको एउटा ड्राफ्ट तयार पार्यौं । त्यसमा छलफल गर्यौं र त्यसलाई अन्तिम रुप दिनेगरी अर्को दिन बस्ने निर्णय गरेका छौं । साथिहरुले केही महत्वपूर्ण सुझाव समेत दिनुभएको छ । र भोलि हामी सहमतिलाई अन्तिम रुप दिन्छौं । अब एकता प्रक्रिया अब अन्तिम अवस्थातिर पुगेको छ ।’

नेपाली कम्युनिष्ट पार्टीले विचार र सिद्धान्त मिल्ने सबै समूहसँग एकताका लागि छलफल अघि बढाएको समेत ज्वालाले बताएका छन् ।


प्रकाशित मिति: ४ मंसिर २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?