काठमाडौँ। पराराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले थाइल्याण्डमा सम्पन्न युएनएसक्याप सम्मेलनमा आफूले गरेको अध्यक्षताले नेपालको अन्तर्राष्ट्रिय छवि राम्रो भएको बताएकी छिन् । थाइल्याण्डमा सम्पन्न युनाइटेड नेशन इकोनोमिक एण्ड सोसल कमिसन फर एशिया एण्ड द प्यासिफिक (युनएनएसक्याप) ८१ औँ सम्मेलनमा भाग लिएर शुक्रवार स्वदेश फर्किनुभएकी परराष्ट्रमन्त्री डा. राणाले यस्तो बताएकी हुन् ।
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । शुक्रवार काठमाडौंमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटक पटक सूचना जारी गरे पनि नमानेको बताएका छन् । उनले तेस्रो
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट नभत्किने खालका संरचना निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । शुक्रवार काठमाडौंमा गोरखा भूकम्पको १० औं स्मृति सभालाई सम्बोधन गर्दै उनले २०७२ सालको भूकम्पको क्षति नेपालको आर्थिक अवस्था, बजेट र क्षमताले पुनःनिर्माण भ्याउनसक्ने अवस्था नरहेको बताए । उनले विपद्बाट क्षति नहुने खालका संरचनाहरु तयार गर्ने,
काठमाडौँ। गृहमन्त्री रमेश लेखकले व्यक्तिगत आवास तथा विकास निर्माणका योजनाहरुलाई भूकम्पलगायतका प्रकोपहरु धान्न सक्नेगरी निर्माण गर्न जरुरी रहेको बताएका छन् । शुक्रवार काठमाडौंको धरहरामा आयोजित भूकम्प स्मृति दिवसलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले प्रकृतिसँग अनावश्यक खेलवाड गर्न नहुनेमा उनको जोड रहेको छ । उनले विपद् निम्तिने गरेर प्रकृतिलाई चलाउन नहुने समेत
काठमाडौँ। हाल देशभरको बढ्दो तापक्रमको अवस्थाले तराईका धेरै स्थानहरूमा अत्याधिक गर्मीको सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउनु पर्ने अबस्था रहेको छ। पछिल्लो समय देशका विभिन्न स्थानमा तातो लहर (Heat wave) को समेत सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउनु पर्ने हुन्छ । यस्ता छन् तातो हावा तथा तातो
काठमाडौँ। आज २०७२ सालमा गएको महाभूकम्पको स्मृति दिवसका अवसरमा काठमाडौँको धरहरामा कार्यक्रम गरिएको छ । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर महाभूकम्प गएको थियो । त्यसकै सम्झनामा आज काठमाडौंको धरहरा सहित् देशभर नै स्मरण गरिँदैछ । साथै विभिन्न सचेतनाभमुलक कार्यक्रमको आयोजना गरिएको छ ।
एजेन्सी। चीनले बिहीवार शेन्झाउ–२० क्रुड स्पेसशिप प्रक्षेपण गरेको छ । जसले तीन अन्तरिक्ष यात्रीहरूलाई ६ महिनाको मिसनको लागि आफ्नो कक्षीय अन्तरिक्ष स्टेशनमा राख्नेछ । लङ मार्च–२ एफ क्यारियर रकेटमाथि रहेको अन्तरिक्षयान उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको हो । शेन्झाउ–२० क्रुड स्पेसशिप प्रक्षेपण् पूर्ण रुपमा सफल भएको बताइएको
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रति तोलामा एक हजार रुपैयाँले घटेको भएको हो । बिहीबार (हिजो) छापावाल सुन तोलामा १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रति तुला एक हजार रुपैँयाले घटेर १ लाख ८९ लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको
एजेन्सी। नाइजेरियाली राष्ट्रपति बोला टिनुबुले देशमा बढ्दो सशस्त्र आक्रमणलाई सम्बोधन गर्न राष्ट्रिय सुरक्षा रणनीतिहरूको तत्काल सुधारको आदेश दिएका छन् । हालैका आक्रमणहरूको निन्दा गर्दै उनले विशेष गरी मध्य राज्यहरू बेनु र पठार र उत्तरपूर्वी बोर्नो राज्यमा भएका आक्रमणहरूको चर्को आलोचना गरेका छन्। राष्ट्रिय सुरक्षा सल्लाहकार नुहु रिबादुले उच्चस्तरीय बैठकपछि टिनुबुले
एजेन्सी। भारत नियन्त्रित कश्मीरमा भएको गोलीकाण्डको घटनापछि पाकिस्तानलाई लक्षित गरी भारतले गरेको कदम गैरजिम्मेवार र कानूनी रूपमा आधारहीन रहेको आरोप लगाउदै पाकिस्तानले भारत विरुद्ध प्रतिवादको श्रृंखला अपनाउने बताएको छ । पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले बिहीवार राष्ट्रिय सुरक्षा समितिको उच्चस्तरीय बैठकको अध्यक्षता गरेका विज्ञप्तिमा भनिएको छ । समितिले घटनामा पर्यटकहरूको ज्यान