Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

इजरायली सेनाद्वारा गाजामा ४३ प्यालेस्टिनीको हत्या


एजेन्सी। गाजा पट्टीमा आइृतवार इजरायली आक्रमणमा कम्तिमा ४३ प्यालेस्टिनीहरू मारिएको गाजाको नागरिक रक्षा विभागले जनाएको छ । प्रत्यक्षदर्शीहरूकाअनुसार इजरायली युद्धक विमानहरूले गाजा शहरको अल नासर र शेख रदवान छिमेकमा रहेका दुई घरहरूमा आक्रमण गरेका थिए ।

नागरिक रक्षा विभागका प्रवक्ता महमूद बसालले बताएअनुसार दुई हवाई आक्रमणमा बालबालिका र महिलासहित २५ जनाको मृत्यु भएको छ । अन्य धेरै जना घाइते भएका छन् । बसालले पूर्वी गाजा शहरको अल तुफाह छिमेकमा रहेको आवासीय घरमा इजरायली आक्रमण हुँदा चार प्यालेस्टिनीहरू मारिएका छन् भने शेख रदवान छिमेकमा विस्थापित व्यक्तिहरूलाई आश्रय दिने पालमा इजरायली आक्रमणमा तीन जनाको मृत्यु भएको छ । बसालकाअनुसार खान युनिसको पश्चिममा रहेको अल मावासी क्षेत्रमा विस्थापित प्यालेस्टिनीहरूलाई बसोवास गर्ने पालहरूमा छुट्टाछुट्टै इजरायली हवाई आक्रमणमा पनि दश जनाको मृत्यु भएको छ । यसैबीच बसलले दक्षिणी गाजा पट्टीको रफाहको उत्तरपश्चिममा रहेको अल शाकुश क्षेत्रमा इजरायली सेनाको गोलीबारीमा एक प्यालेस्टिनीको मृत्यु भएको र केही अन्य घाइते भएको बताए ।

इजरायलले मार्च १८ मा गाजामा आफ्नो सैन्य अभियान पुनः शुरु गरेदेखि कम्तिमा ६ हजार ८ सय ६० प्यालेस्टिनीहरू मारिएका छन् । २४ हजार २ सय २० जना घाइते भएका छन् । अक्टोबर २०२३ मा द्वन्द्व शुरु भएदेखि गाजामा मृत्यु हुनेको संख्या ५७ हजार ४ सय १८ पुगेको छ । जसमा कुल १ लाख ३६ हजार २ सय ६१ जना घाइते भएका छन् ।


प्रकाशित मिति: २३ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?