Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

इजरायली सेनाद्वारा गाजामा ४३ प्यालेस्टिनीको हत्या


एजेन्सी। गाजा पट्टीमा आइृतवार इजरायली आक्रमणमा कम्तिमा ४३ प्यालेस्टिनीहरू मारिएको गाजाको नागरिक रक्षा विभागले जनाएको छ । प्रत्यक्षदर्शीहरूकाअनुसार इजरायली युद्धक विमानहरूले गाजा शहरको अल नासर र शेख रदवान छिमेकमा रहेका दुई घरहरूमा आक्रमण गरेका थिए ।

नागरिक रक्षा विभागका प्रवक्ता महमूद बसालले बताएअनुसार दुई हवाई आक्रमणमा बालबालिका र महिलासहित २५ जनाको मृत्यु भएको छ । अन्य धेरै जना घाइते भएका छन् । बसालले पूर्वी गाजा शहरको अल तुफाह छिमेकमा रहेको आवासीय घरमा इजरायली आक्रमण हुँदा चार प्यालेस्टिनीहरू मारिएका छन् भने शेख रदवान छिमेकमा विस्थापित व्यक्तिहरूलाई आश्रय दिने पालमा इजरायली आक्रमणमा तीन जनाको मृत्यु भएको छ । बसालकाअनुसार खान युनिसको पश्चिममा रहेको अल मावासी क्षेत्रमा विस्थापित प्यालेस्टिनीहरूलाई बसोवास गर्ने पालहरूमा छुट्टाछुट्टै इजरायली हवाई आक्रमणमा पनि दश जनाको मृत्यु भएको छ । यसैबीच बसलले दक्षिणी गाजा पट्टीको रफाहको उत्तरपश्चिममा रहेको अल शाकुश क्षेत्रमा इजरायली सेनाको गोलीबारीमा एक प्यालेस्टिनीको मृत्यु भएको र केही अन्य घाइते भएको बताए ।

इजरायलले मार्च १८ मा गाजामा आफ्नो सैन्य अभियान पुनः शुरु गरेदेखि कम्तिमा ६ हजार ८ सय ६० प्यालेस्टिनीहरू मारिएका छन् । २४ हजार २ सय २० जना घाइते भएका छन् । अक्टोबर २०२३ मा द्वन्द्व शुरु भएदेखि गाजामा मृत्यु हुनेको संख्या ५७ हजार ४ सय १८ पुगेको छ । जसमा कुल १ लाख ३६ हजार २ सय ६१ जना घाइते भएका छन् ।


प्रकाशित मिति: २३ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?