Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

उत्तरी इराकमा पाँच टर्की सैनिकको मृत्यु


एजेन्सी। टर्कीको रक्षा मन्त्रालयले उत्तरी इराकको गुफामा खोजी अभियानको क्रममा मिथेन ग्यासका कारण पाँच टर्की सैनिकको मृत्यु भएको जनाएको छ । यो घटना उत्तरी इराकको टर्कीको अपरेशन क्ल–लक जोनमा चलिरहेको खोजी र क्लियरेन्स अभियानको क्रममा भएको हो । जहाँ टर्की सेनाले प्रतिवन्धित कुर्दिस्तान वर्कर्स पार्टीविरुद्ध कारबाही गरिरहेको छ ।

पहिले पिकेकेद्वारा अस्पतालको रूपमा प्रयोग गरिएको र पछि टर्की सेनाले सफा गरेको गुफा २०२२ मा मारिएका प्रथम लेफ्टिनेन्टको अवशेष पत्ता लगाउने प्रयासको रूपमा खोजी भइरहेको थियो । गुफाभित्र कुल १९ सैनिकहरू मिथेन ग्यास भएको ठाउँमा पुगेका थिए । सबैलाई तुरुन्तै उपचारको लागि अस्पतालमा सारिएको थियो ।

२०२२ मा टर्किएले टर्कीको सीमाना नजिकै उत्तरी इराकको मेटिना, जाप र अवासिन बास्यान क्षेत्रहरूमा रहेका पिकेके लुक्ने ठाउँहरूलाई लक्षित गर्न अपरेशन क्ल–लक शुरु गरेको थियो । टर्किए, संयुक्त राज्य अमेरिका र युरोपेली संघद्वारा आतंकवादी संगठनको रूपमा सूचीवद्ध पिकेकेले चार दशकभन्दा बढी समयदेखि टर्की सरकार विरुद्ध विद्रोह गर्दै आएको छ ।


प्रकाशित मिति: २३ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?