Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

रूसी कार्गो अन्तरिक्ष यान अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा अवतरण


एजेन्सी। रूसको कार्गो अन्तरिक्ष यान प्रोग्रेस एमएस–३१ अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा सफलतापूर्वक अवतराण् भएको छ ।

रूसको राज्य अन्तरिक्ष निगम रोस्कोसमोसले आईतवार आफ्नो वेबसाइटमा यसबारे जानकारी गराएको छ । स्वचालित डकिङ (शनिवार २१२५ जीएमटी) मस्को समय अनुसार ००ः२५ बजे आईएसएसको रूसी खण्डमा रहेको पोइस्क मिनी–रिसर्च मोड्युलमा भएको थियो । अन्तरिक्ष यान १६७ दिनसम्म कक्षामा रहने तालिका छ । सोयुज–२.१ए क्यारियर रकेटमा बिहीबार बैकोनुर कोस्मोड्रोमबाट प्रक्षेपण गरिएको प्रोग्रेस एमएस–३१ ले आइएसएसमा कुल २ हजार ६ सय २५ किलोग्राम कार्गो पुर्यायो ।

ढुवानीमा चालक दलका लागि १ हजार २ सय ५ किलोग्राम सुख्खा सामान, स्टेशन इन्धन भर्नको लागि ९५० किलोग्राम प्रोपेलेन्ट, ४२० किलोग्राम पिउने पानी, र स्टेशनको वायुमण्डललाई पुनःपूर्ति गर्न ५० किलोग्राम नाइट्रोजन समावेश छ । यसको अतिरिक्त, अन्तरिक्षयानले वैज्ञानिक उपकरणहरू पुर्यायो जुन अन्तरिक्ष विज्ञानका विभिन्न क्षेत्रहरूमा अनुसन्धानको लागि प्रयोग गरिनेछ ।


प्रकाशित मिति: २३ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?