Trending
>>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग >>   प्रधानमन्त्री राहत कोषको हिसाबकिताब खोज्दै एमाले सांसद कँडेल >>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

दक्ष खेलाडी उत्पादनमा सबैको ध्यान जान जरुरीः राष्ट्रपति


काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले दक्ष खेलाडी उत्पादनमा सबैको ध्यान जान जरुरी रहेको बताएका छन् ।

सोमवार राष्ट्रपति भवन शितलनिवासमा एसिसी पुरुष यु—१६ इस्ट जोन कप जितेको नेपाली क्रिकेट टोलीलाई स्वागत गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालीहरुमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज र पछिल्लो समय नेपाली खेलाडीहरुले पाएको सफलता प्रशंसनीय र खुशी तुल्याउने खालको रहेको बताए । परम्परागत खेललाई परिष्कृत, विकास र विस्तार गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा समावेश गराउनसके देशको इज्जत र प्रतिष्ठा बढाउन सकिने खेलाडीले थप कीर्तिमान पनि राख्नसक्ने जिकिर गरे । देशभित्रै बढी भन्दा बढी पूर्वाधार प्रतियागिता र प्रशिक्षण बढाएर देश, विदेशमा प्रतिष्पर्धा गर्नसक्ने दक्ष खेलाडी उत्पादनमा ध्यान दिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘नेपालीहरुमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज र पछिल्लो समय नेपाली खेलाडीहरुले पाएको सफलता प्रशंसनीय र खुशी तुल्याउने खालको छ । हामी सानो सानोमा बाख्रा चराउन जाँदा किर खेल्थिम । किरको विकास भएर अहिले आएर क्रिकेट भएको छ । हामीले पनि त्यसरी नै खेल्थिम । त्यसकै आज विकसित रुप क्रिकेट हो । हामीले हाम्रा परम्परागत खेललाई परिष्कृत, विकास र विस्तार गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा समावेश गराउन सकियो भने एकातर्फ देशको इज्जत र प्रतिष्ठा बढाउन सकिन्छ भने अर्कोतिर हाम्रा खेलाडीले थप कीर्तिमान पनि राख्न सक्छन् । यसका लागि देशभित्रै बढी भन्दा बढी पूर्वाधार प्रतियागिता र प्रशिक्षण बढाएर देश, विदेशमा प्रतिष्पर्धा गर्नसक्ने दक्ष खेलाडी उत्पादनमा हामी सबैको ध्यान जान आवश्यक छ ।’

एसिसी पुरुष यु—१६ इस्ट जोन कप जितेको नेपाली क्रिकेट आईतवार साँझ स्वदेश फर्किएको हो । गत शनिवार सम्पन्न खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । यसअघि नेपालले सन् २०१७, २०१९, २०२३ मा उपाधि जितेको थियो ।


प्रकाशित मिति: २३ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?