Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

पाकिस्तानमा भवन भत्किँदा मृत्यु हुनेको संख्या २७ पुग्यो


एजेन्सी। पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा भवन भत्किँदा मृत्यु हुनेको संख्या २७ पुगेको छ । मृत्यु हुनेको संख्या पुष्टि गर्दै अपरेशनका प्रवक्ता हसन उल हसीब खानले उद्धार गतिविधिहरू अन्तिम चरणमा रहेको र अधिकांश भवनको भग्नावशेष हटाइएको बताए ।

उनले पीडितहरूमा कम्तिमा १५ महिला र तीन बालबालिका रहेको बताए । तीन जनाको अवस्था गम्भीर रहेको बताए । ४८ घण्टाभन्दा बढी समयसम्म चलेको अपरेशनको क्रममा भग्नावशेष हटाउन भारी मेसिनरी र आधुनिक उपकरणहरू प्रयोग गरिएको थियो । स्थानीय अधिकारीहरूकाअनुसार भवन संरचना ३० वर्ष पुरानो थियो । घटनाको अनुसन्धान गर्न उच्चस्तरीय समिति गठन गरिएको छ ।


प्रकाशित मिति: २३ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?