Trending
>>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग >>   प्रधानमन्त्री राहत कोषको हिसाबकिताब खोज्दै एमाले सांसद कँडेल >>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

कुनै खेल नहारिकन उपाधि जित्दा धेरै खुशी छौँः विपिन शर्मा


काठमाडौँ। एसिसी पुरुष यु १६ इस्ट जोन कप जितेको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ ।

आईतवार राति त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै टोली स्वदेश फर्किएको हो । शनिवार सम्पन्न खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । यसअघि नेपालले सन् २०१७, २०१९, २०२३ मा उपाधि जितेको थियो । स्वदेश फर्किएसँगै विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यु १६ का कप्तान विपिनप्रसाद शर्माले कुनैपनि खेल नहारिकन उपाधि जित्न पाउँदा खुशी लागेको बताए । उनले यसअघि नै धेरै खेल खेलिसकेको र त्यसले अनुभव बटुल्न मद्दत गरेको बताए । परिणामतः खेल जित्न सम्भव भएको बताए ।

यु १६ का प्रशिक्षक दीपेन्द्रबहादुर चन्दले नेपाली टिम राम्रो रहेको र धेरै टिमको जानकारी रहँदा आफूहरुलाई सहज भएको बताए । प्रत्येक खेललाई महत्वपूर्ण मानेर खेलेको बताए । नेपालले अझै पनि ब्याटिङ सुधार गर्नुपर्ने जरुरी रहेको बताए । फाइनलमा राम्रो खेल्नुपर्ने हुँदाहुँदै चुक्न पुगेको बताए ।


प्रकाशित मिति: २३ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?