Trending
>>   महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्र अब राजर्षि जनक विश्वविद्यालयको मातहतमा >>   विश्व मधुमेह दिवसमा निःशुल्क स्वास्थ्य शिविर >>   छठका लागि स्वदेशी केराको भर, मूल्यमा भने उपभोक्ताको गुनासो >>   ह्वाइट हाउसनजिक गोली चल्दा एक जनाको मृत्यु, चार घाइते >>   रुस–युक्रेन युद्धमा अहिलेसम्मकै ठूलो सङ्ख्यामा युद्धबन्दी आदानप्रदानको तयारी >>   कोप–३१ मा नेपाल र कोरियाबीच कार्बन व्यापार तथा जलवायु वित्तसम्बन्धी सम्झौता >>   बलरका लागि धेरै फेबर हुने पिच भयो– चितवनका मालन >>   जितपछि चितवन प्लेअफ नजिक, जनकपुर बाहिरियो >>   मुन्धुमलाई नयाँ पुस्तासम्म पुर्याउन शब्द निर्माणको परम्परा विकास गर्न वैरागी काइँलाको सुझाव >>   कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, ऋण मिनाहा गर्न विश्व समुदायसँग माग
Logo
२८ कार्तिक २०८३, शनिबार
२८ कार्तिक २०८३, शनिबार

समाचार


विद्यालयमा देखियो अज्ञात रोग, एक जनाको मृत्यु

२१ असार ,मान्म । कालीकोटको तिलागुफा नगरपालिका–१० मा रहेको श्री महादेव माध्यमिक विद्यालयमा अज्ञात रोगले अधिकांश विद्यार्थी बिरामी भएका छन् । सामान्य रोग होला भनेर केही बेवास्ता गर्दा विद्यालयको कक्षा ६ मा अध्ययनरत विद्यार्थी १४ वर्षीया कर्मा थापाको बुधबार ज्यान गएको र हाल विद्यालय विद्यालय बन्द गरेको विद्यालयका प्रधानाध्यापक भद्रबहादुर

भट्टराई रासस सञ्चालक सदस्य नियुक्त

२१ असार ,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय समाचार समिति (रासस)को सञ्चालक (बोर्ड) सदस्यमा पत्रकार डिल्लीराम भट्टराईलाई मनोनयन गरेको छ । हल्दीबारी–१ झापा निवासी उहाँलाई आजको मन्त्रिस्तरीय निर्णयानुसार आगामी चार वर्षका लागि सञ्चालक सदस्य पदमा मनोनयन गरिएको मन्त्रालयले जनाएको छ । भट्टराई राष्ट्रिय समाचार समिति ऐन, २०१९ को

आतङ्कवादी आक्रमाणको योजना बनाएको आरोपमा सात जना पक्राउ

२१ असार ,बर्लिन । जर्मन प्रहरीले इस्लामिक स्टेट (आईएस) समूहबाट प्रेरित भई जर्मनीमा आतङ्कवादी हमलाको योजना बनाएको आरोपमा बिहीबार सात जनालाई पक्राउ गरेको छ । पक्राउ परेका मध्य एसियाका ती पुरुष केही समयदेखि एकआपसमा परिचित रहेका तथा उनीहरूले पारस्परिक सम्पर्कलाई बढाउँदै कट्टरपन्थी इस्लामिक विचारधारा साझा गरेका सङ्घीय अभियोजकको कार्यालय बताएको

लम्पी स्किन रोगले सुदुरपश्चिम र कर्णाली प्रदेशका पशु बढी प्रभावित

२१ असार ,ललितपुर । लम्पी स्किन रोगले सुदुरपश्चिम र कर्णाली प्रदेशका पशु बढी प्रभावित भएका छन् । यद्यपी गाईवस्तुमा लाग्ने यो रोग देशभर फैलिएको छ । विसं २०७७ असारमा मोरङ जिल्लाबाट फैलिएको पशुमा लाग्ने लम्पी स्किन रोग हालसम्म देशभरि फैलिएको पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले जानकारी दिए ।

नहरमा बेपत्ता वृद्ध मृत फेला

२१, असार ,महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका–५ धरमपुरका ६५ वर्षीय कालुराम ओड महाकाली सिँचाइको नहरमा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बिहीबार दिउँसो नहरमा हामफालेर बेपत्ता भएका वृद्ध ओड मृत फेला परेका हुन् । प्रहरीका अनुसार ओड वेदकोट–६ घुर्सुवामा नहरमा मृत

कोशीको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापा नियुक्त

२१ असार, विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । बिहीबार दाबी पेश गरेका थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कुल ९३ सदस्य रहेको कोशी प्रदेशमा सरकार गठन गर्न ४७ जना सांसदको समर्थन आवश्यक पर्छ । गठबन्धन दलहरूले नेपाली

अधिवक्ता अमिर लामिछाने र नासु प्रेमिका तामाङबीच विवाद टुङ्ग्याउने सहमति

२१ असार, काठमाडाैँ । अधिवक्ता अमिर लामिछाने र ललितपुर जिल्ला अदालतकी नासु प्रेमिका तामाङबीच सहमति भएको छ । बिहीबार ललितपुर जिल्ला अदालत र ललितपुर बार एसोसिएसनको तर्फबाट गठित वार्ता समितिको समन्वयमा विवाद अन्त गर्ने सहमति भएको हो । उनीहरूबिच सहमति भएसँगै आन्दोलनका सबै कार्यक्रम फिर्ता लिने, अमिरविरुद्ध दायर मुद्दा प्रक्रिया

एसइई नतिजा : माथिल्लो ग्रेड ल्याउने विद्यार्थी बढे

२१ असार, काठमाडाैँ । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को परीक्षाफलमा अघिल्लो वर्षको तुलनामा संवत् २०७९ को परीक्षामा माथिल्लो ग्रेड (स्तरीकृत अङ्क) ल्याउने विद्यार्थीको सङ्ख्या सुधारोन्मुख रहेको पाइएको छ । प्रकाशित नतिजाअनुसार तल्लो ग्रेड ल्याउने विद्यार्थी घट्दो र माथिल्लो ग्रेड ल्याउने विद्यार्थी बढ्दो पाइएको हो । अघिल्ला वर्षमा कोभिड– १९ का

कोशी प्रदेश प्रमुखलाई एमालेको ध्यानाकर्षण पत्र

२१ असार, काठमाडाैँ । नेकपा (एमाले)ले कोशी प्रदेश सरकार गठनमा आवश्यक बहुमत पुर्‍याउने प्रयोजनका निम्ति सभामुखको मत गणना गर्न नहुने भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङको ध्यानाकर्षण गराएको छ । एमाले संसदीय दलका नेता एवं मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश प्रमुख खापुङलाई भेटी ध्यानाकर्षण पत्र बुझाउनुभएको हो । सरकार गठनका लागि सभामुखलाई

घुस लिएको अभियोगमा मेडिकल ल्याब टेक्नोलोजिस्ट भट्टराई विरुद्ध मुद्दा दायर

२१ असार, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोग लागेका टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत ‘मेडिकल ल्याब टेक्नोलोजिस्ट’ लेखनाथ भट्टराई विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । प्रयोगशालामा दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भन्दै उनले सेवाग्राहीसँग रु ५० हजार घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले केही

सम्वन्धित समाचारहरु