Trending
>>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा
Logo
९ कार्तिक २०८३, आईतवार
९ कार्तिक २०८३, आईतवार

भट्टराई रासस सञ्चालक सदस्य नियुक्त


२१ असार ,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय समाचार समिति (रासस)को सञ्चालक (बोर्ड) सदस्यमा पत्रकार डिल्लीराम भट्टराईलाई मनोनयन गरेको छ ।

हल्दीबारी–१ झापा निवासी उहाँलाई आजको मन्त्रिस्तरीय निर्णयानुसार आगामी चार वर्षका लागि सञ्चालक सदस्य पदमा मनोनयन गरिएको मन्त्रालयले जनाएको छ ।

भट्टराई राष्ट्रिय समाचार समिति ऐन, २०१९ को दफा ८ को उपदफा (१) खण्ड (ख) बमोजिम सञ्चालक सदस्यमा नियुक्त भएका हुन्।

उनि यसअघि पनि चार वर्षका लागि राससको सञ्चालक सदस्य भइसकेका छन् । पत्रकारितामा स्नातकोत्तर भट्टराई समय सन्दर्भ पाक्षिकका सम्पादक र प्राध्यापकसमेत हुन् ।


प्रकाशित मिति: २१ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?