Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

लम्पी स्किन रोगले सुदुरपश्चिम र कर्णाली प्रदेशका पशु बढी प्रभावित


२१ असार ,ललितपुर । लम्पी स्किन रोगले सुदुरपश्चिम र कर्णाली प्रदेशका पशु बढी प्रभावित भएका छन् । यद्यपी गाईवस्तुमा लाग्ने यो रोग देशभर फैलिएको छ । विसं २०७७ असारमा मोरङ जिल्लाबाट फैलिएको पशुमा लाग्ने लम्पी स्किन रोग हालसम्म देशभरि फैलिएको पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले जानकारी दिए ।

पशु सेवा विभागका अनुसार हालसम्म देशभर छ लाख ९० हजार छ सय ९७ सङ्क्रमित पशुमध्ये २५ हजार सात ८२ पशु मरेका छन् भने चार लाख १४ हजार तीन सय २८ पशु निको भएका छन् । त्यसैगरी दुई लाख ५० हजार पाँच सय ८७ पशु हालको समयमा सङ्क्रमित रहेका छन् । विभागका सूचना अधिकारी ढकालका अनुसार हालसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशमा लम्पी स्किन रोगबाट धेरै पशु मरेका छन् भने धेरै पशु सङ्क्रमित अवस्थामा छन् ।

सुदूरपश्चिम प्रदेशमा जम्मा दुई लाख सात सय ९८ सङ्क्रमित पशुमध्ये १० हजार नौ सय ३९ पशु मरेका छन् भने एक लाख २० हजार चार सय ७९ पशु निको भएका छन् । त्यसैगरी हालको समयमा सुदूरपश्चिम प्रदेशमा ६९ हजार तीन सय ८० पशु सङ्क्रमित रहेका छन् । त्यसैगरी हालसम्म कर्णाली प्रदेशका एक लाख ८९ हजार १५ सङ्क्रमित पशुमध्ये छ हजार सात सय ४१ मरेका छन् भने एक लाख १३ हजार चार सय नौ पशु निको भएका छन् ।

६८ हजार आठ सय ६५ पशु भने अझै सङ्क्रमित अवस्थामा छन् । हालसम्म कोशी प्रदेशमा तीन हजार छ सय १४, मधेस प्रदेशमा एक सय एक, बागमती प्रदेशमा आठ सय ६६, गण्डकी प्रदेशमा सात सय ४१, र लुम्बिनी प्रदेशमा दुई हजार सात सय ८० पशु मरेका छन् । देशभरि फैलिएको लम्पी स्किन रोगको न्यूनीकरणका लागि पशु सेवा विभाग निरन्तररूपमा लागिपरेको सूचना अधिकारी चन्द्र ढकालले जानकारी दिए ।

उनले भने, “हालसम्म एक लाख ८० हजार नौ सय २२ पशुलाई खोप लगाइएको छ । किसानलाई लम्पी स्किन रोग नलागेको पशुलाई छिटो खोप लगाउन सूचना गरेका छौँ ।” सूचना अधिकारी ढकालका अनुसार प्रभावित पशुको उपचारका लागि सङ्घ, प्रदेश र स्थानीय तहबाट औषधिको व्यवस्थासहित प्राविधिक परिचालन गरिएको छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रत्येक स्थानीय तहमा यो महामारी नियन्त्रणका लागि सङ्घीय सशर्त अनुदानअन्तर्गत रु एक लाखका दरले रकम विनियोजन गरिएको छ । लम्पी स्किन रोग लागेका पशुमा उच्च ज्वरो आउने, दूध उत्पादन घट्ने, छालामा गिर्खा देखिने, र्यालसिँगान बग्नेजस्ता लक्षण देखा पर्दछन् । सरुवा रोग भएको कारण सङ्क्रमित पशुलाई छुट्टै राख्न पशु सेवा विभागको किसानलाई सुझाव रहेको छ ।


प्रकाशित मिति: २१ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?