Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

अधिवक्ता अमिर लामिछाने र नासु प्रेमिका तामाङबीच विवाद टुङ्ग्याउने सहमति


२१ असार, काठमाडाैँ । अधिवक्ता अमिर लामिछाने र ललितपुर जिल्ला अदालतकी नासु प्रेमिका तामाङबीच सहमति भएको छ । बिहीबार ललितपुर जिल्ला अदालत र ललितपुर बार एसोसिएसनको तर्फबाट गठित वार्ता समितिको समन्वयमा विवाद अन्त गर्ने सहमति भएको हो ।

उनीहरूबिच सहमति भएसँगै आन्दोलनका सबै कार्यक्रम फिर्ता लिने, अमिरविरुद्ध दायर मुद्दा प्रक्रिया पूरा गरेर मिलापत्र गरी टुंग्याइने भएको छ ।

उनीहरूबिच भएको सहमितपत्रमा अधिवक्ता लामिछाने र नासु तामाङले हस्ताक्षर गरेका छन् ।

गत १३ गते अधिवक्ता लामिछानेले जिल्ला अदालतकी नासुमाथि हातपात गरेको भन्दै मुद्दा दर्ता भएपछि विवादले चरम रूप लिएको थियो । उनीहरूको विवादका कारण असार १७ गतेदेखि ललितपुर जिल्ला अदालतको कामकाजमा प्रभाव परेको थियो ।


प्रकाशित मिति: २१ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?