Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

अधिवक्ता अमिर लामिछाने र नासु प्रेमिका तामाङबीच विवाद टुङ्ग्याउने सहमति


२१ असार, काठमाडाैँ । अधिवक्ता अमिर लामिछाने र ललितपुर जिल्ला अदालतकी नासु प्रेमिका तामाङबीच सहमति भएको छ । बिहीबार ललितपुर जिल्ला अदालत र ललितपुर बार एसोसिएसनको तर्फबाट गठित वार्ता समितिको समन्वयमा विवाद अन्त गर्ने सहमति भएको हो ।

उनीहरूबिच सहमति भएसँगै आन्दोलनका सबै कार्यक्रम फिर्ता लिने, अमिरविरुद्ध दायर मुद्दा प्रक्रिया पूरा गरेर मिलापत्र गरी टुंग्याइने भएको छ ।

उनीहरूबिच भएको सहमितपत्रमा अधिवक्ता लामिछाने र नासु तामाङले हस्ताक्षर गरेका छन् ।

गत १३ गते अधिवक्ता लामिछानेले जिल्ला अदालतकी नासुमाथि हातपात गरेको भन्दै मुद्दा दर्ता भएपछि विवादले चरम रूप लिएको थियो । उनीहरूको विवादका कारण असार १७ गतेदेखि ललितपुर जिल्ला अदालतको कामकाजमा प्रभाव परेको थियो ।


प्रकाशित मिति: २१ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?