Trending
>>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी >>   कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा >>   पृथ्वी राजमार्गको गलौंदी खण्डमा अवरुद्ध सडक खुलाउन प्रयास जारी >>   बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने >>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय
Logo
२४ आश्विन २०८३, शनिबार
२४ आश्विन २०८३, शनिबार

समाचार


दुई दाना कम्पनीविरुद्ध मुद्दा दायर

७ ,भाद्र ,चितवन । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले गत आर्थिक वर्षमा कम गुणस्तरको दाना उत्पादन गर्ने दुई कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । भरतपुर महानगरपालिका–४ स्थित पञ्चरत्न फिड्स प्रालि र खैरहनी नगरपालिका–९ स्थित कैलाशपति एग्रो प्रालिमाथि मुद्दा दायर गरिएको हो । उत्पादन गरेको दाना सरकारले तोकेको

भलिबलमा योगदान दिने सम्मानित

७ ,भाद्र ,गण्डकी । गण्डकी प्रदेश भलिबल सङ्घले भलिबल खेलमा योगदान दिएका चारजनालाई सम्मान गरेको छ । भलिबल सङ्घका केन्द्रीय सल्लाहकार एवं भलिबलका पूर्व खेलाडी हरिप्रसाद पराजुली, टाइगर ग्रुप पोखराका अध्यक्ष नारायणप्रसाद शर्मा, भलिबल गीतका रचनाकार आरजु विष्ट सल्यानी तथा गीतका गायक सङ्गीतकार विनोद बानियालाई बुधबार पोखरामा सम्मान गरिएको हो

‘छाप्राकको राते पहराले निदाउन दिँदैन’

७ ,भाद्र ,वालिङ (स्याङ्जा) । दलित समुदायको बाक्लो बस्ती भएको गाउँ हो ‘छाप्राक’ । गाउँमाथि राते पहरो छ । यही पहराका कारण छाप्राक जोखिममा छ । गाउँलेको एउटै पिरलो छ, कतिबेला के पो हुन्छ ? पानी पर्दा होस् या पानी बिसाएपछिको चर्को घाम लाग्दा होस् । उनीहरुलाई उही राते पहराले

तीर्थयात्री चढेको बस दुर्घटना, छ जनाको मृत्यु

७ ,भाद्र ,बारा । बारामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान २ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई नजिक दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन नसकेको प्रहरी

संसदीय समितिमा सदस्य हेरफेर

६ ,भाद्र ,काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको संसदीय समितिमा सदस्यको नाम हेरफेर गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीअनुसार समितिमा प्रतिनिधित्व गर्ने सांसद सदस्यको हेरफेर गरिएको नाम पढेर सुनाएका छन् । प्रस्तावित हेरफेरमा अमनलाल मोदी सार्वजनिक लेखा समितिमा, नागिना यादव कानुन, न्याय तथा मानवअधिकार समितिमा, सांसद सङ्गीता मण्डल

नेपालद्वारा कुवेत पराजित

६ ,भाद्र ,काठमाडौँ । चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजमा नेपालले कुवेतलाई पराजित गरेको छ । मलेसियामा आज भएको खेलमा नेपालले कुवेतलाई ३४ रनले पराजित गरेको हो । यस जीतसँगै नेपालले लगातार दोस्रो जीत दर्ता गराएको छ । हिजो भएको पहिलो खेलमा नेपालले हङकङलाई पराजित गरेको थियो । नेपालले

कोशी प्रदेशको विश्वासको मतको विवाद पुनः सर्वोच्चमा

६ ,भाद्र ,काठमाडौँ । सर्वोच्च अदालतमा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको विवाद पुनः असंवैधानिक भएको उल्लेख गर्दै रिट निवेदन दायर गरिएको छ । नेकपा (एमाले) का कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापालगायतलाई विपक्षी बनाई उक्त रिट निवेदन दायर गरेका

संविधान बिरोधि निर्णय नगर्न नेता कोइरालाको सुझाब

६ ,भाद्र ,काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले दलका शिर्ष नेताहरु बालुवाटारमा बसेर संविधान बिरोधि निर्णय गर्नेे गरेकाले मुलुक भयावह दुर्घटनाको अवस्थामा पुगेको बताएका छन् । "संविधानले एउटा अधिकार दिएको छ तर नेताहरु एकठाउँमा बस्नुहुन्छ र आफू अनुकुलका निर्णय गर्नुहुन्छ, यसरी देशलाई कहाँ पुर्याउन खोजेको", कोइरालाले प्रश्न गरे।

शुल्कवृद्धिको बिरुद्ध ने. वि. संघ पश्चिमाञ्चल क्याम्पसले गर्यो आन्दोलन

६ ,भाद्र ,सुदूरपश्चिम । नेपाल विद्यार्थी संघ पश्चिमाञ्चल क्याम्पसले सोमबार इन्जिनियरिङ अध्यान संस्थानले गरेको शुल्कवृद्धिको विरुद्ध आन्दोलन गरेको छ। सोमबार बिहान 10 बजे क्याम्पस प्रशासन अगाडि ई. अ. सं को पुत्लामा पैसाको माला लगाएर नेवि संघले शुल्कवृद्धि विरुद्ध सांकेतिक प्रदर्शन गरेको थियो । ई. अ. सं ले गरेको शुल्क वृद्धि

अब प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि तीन वर्ष हुने

६ ,भाद्र ,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले जारी गर्ने प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि अब तीन वर्षको हुने भएको छ । यसअघि यो प्रमाणपत्रको अवधि एक वर्षको हुँदा राजधानीभन्दा बाहिरका पत्रकारहरुलाई समस्या पर्दै आएको थियो । विभागबाट जारी भएका प्रेस प्रतिनिधि प्रमाणपत्र एक वर्षको अवधिका

सम्वन्धित समाचारहरु